सशस्त्र प्रहरी परिवार संघ सरकारी रकम दुरुपयोग गर्ने अखडा

Uncategorized राजनीति समाचार

काठमाडौं । सरकारले निजामती कर्मचारी संघ संगठन खारेज गरेको छ । त्योसँगै निजामती कर्मचारीभित्र संघ, संगठन खोलिएको खण्डम कारबाही हुनेसमेत व्यवस्था सरकारले गरेको छ । तर, सशस्त्र प्रहरीभित्र भने सशस्त्र प्रहरी परिवार संघ खोलेर सरकारी सम्पत्तिको दुरुपयोग गरिरहेका छन् । समाज कल्याण परिषद्द्वारा सो संघको उद्देश्य विभिन्न आयोजनाहरुमा सघाउ पु¥याउने, अधिराज्यभर दैवी प्रकोप अथवा विभिन्न विपदका बेलामा उद्धार तथा राहत उपलब्ध गराउने, विभिन्न सामाजिक सेवामा योगदान पु¥याउने, कमजोर आयस्तरका भूतपूर्व र बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारहरुलाई शिक्षा, दिक्षा तथा स्वास्थ्य उपचारको व्यवस्था सहयोग गर्ने, शोषित पीडित महिलाहरुलाई आवश्यक सहयोग गर्ने ।

त्यस्तै विभिन्न स्वदेशी तथा विदेशी संघ संस्थाहरुसंग समन्वय र सम्पर्क बढाई संघको चिनारी गराउने तथा सो को विकास एवं विस्तारका लागि सहयोग गर्ने, बहालवाला, भूतपूर्व सशस्त्र प्रहरी तथा जनसाधारणका असहाय जेहेन्दार विद्यार्थीको छात्रवृत्ति उपलब्ध गराउने । सशस्त्र प्रहरी परिवार महिला संघको विकास, प्रवद्र्धन महिला सीप विकास बालबालिकाहरुको स्याहार संभार गर्ने । सशस्त्र प्रहरी परिवार महिला संघको उद्देश्य परिपूर्ति गर्नका लागि स्वदेशी¸ विदेशी¸ सहकारी¸ गैह्र सहकारी संघ संस्था तथा व्यक्तिहरुबाट प्राप्त सेवा सहयोग प्राप्त गरी सोही अनुरुप व्यवस्था मिलाउने । उद्देश्यबाट अभिप्रेरित भएर क्षेत्रीय स्तर सम्म विभिन्न संघ संस्था तथा निकायसँग समन्वय गरी विस्तार गर्नेलगायत छन् ।

यस्तो पवित्र उद्देश्य राखेर सशस्त्र प्रहरी परिवार महिला संघ समाज कल्यापरिषद्मा दर्ता गरी सञ्चालन गरिएको छ । तर, उद्देश्यमा उल्लेख गरिएभन्दा फरक ढंगले सशस्त्र प्रहरी परिवार महिला संघ चल्न थालेको छ । सेवाभावले ओतप्रोत पवित्र उद्देश्यकासाथ खडा गरिएको सशस्त्र प्रहरी परिवार महिला संघको काम हहिले सरकारको बजेट सिध्याउने, सञ्चालक समितिमा बस्नेहरुले भोजभतेर गरेर रमाउने, सरकारी बजेटसँगै विभिन्न बहानामा रकम संकलन गर्ने, उठाएको पैसा अनावश्यक खर्च गर्ने गरिएको छ । त्यसको उदाहरण लिन सकिन्छ भदौ १० गतेको भोटेकोशी बाढीलाई । सो बाढीमा परी ज्यान गुमाउनेहरुको नाम श्रद्धा्रञ्जली कार्यक्रम राखिएको थियो । त्यसको प्रमुख अतिथि संघकी हालका आईजीपीकी नारायदत्त पौडेलकी श्रीमती हुन् । उनले उपत्यकाभरिका कर्मचारी बटुलेर श्रद्धाञ्जली कार्यक्रम गरेकी थिइन् ।

उक्त श्रद्धाञ्जली कार्यक्रम दुःख प्रकट गर्नुपर्नेमा उल्टै पीडितको नाममा संकलन गरेको रकमले रात्रीभोजको आयोजना गरेकी थिइन् । त्यसलाई हेर्दा खसिको टाउको देखाएर कुकुरको मासु बेचेजस्तै भएको देखिन्छ । बाढीपहिरोमा परी मृत्युवरण गरेकाहरुको नाममा श्रद्धाञ्जली अर्पणगरेलगत्तै मासुसहितको रात्रीभोजमा कसरी सरिक हुन सकिन्छ भन्ने प्रश्न उठिरहेको छ । सशस्त्र परिवार महिला संघकी अध्यक्षको यो कार्यक्रम हेर्दा यस्तो संस्थाले आपतविपतमा परेकाहरुको लागि के सहयोग गर्ल ? भन्ने प्रश्न पनि त्यत्तिकै छ । यो संस्थामा जो आईजीपी हुन्छन् उनकै श्रीमती बिनाप्रतिस्पर्धा स्वतहः अध्यक्ष हुने प्रावधान राखिएको छ । त्यसको बैठक बस्ने र वार्षिकोत्सव मनाउने नाममा लाखौ रुपैयाँको इन्धन, सवारी चालक, म्यानपावर, खानपानमा ठूलो खर्च हुने गरेको छ ।

त्यसरी गरिने खर्च सबै नेपाल सरकारबाट गरिन्छ । यस्तो फजुल खर्च हुने संस्था कहिलेसम्म सञ्चालन गरिरहने हो भन्ने विषय गम्भीर बनेको छ । यो संस्थाले बेलाबखत बिरामीहरुलाई फलफूल बाड्ने काम पनि गर्छ । तर, रु. १०० को फलफल बाड्ने यातायात ढुवानीदेखि विभिन्न शीर्षकमा एकव्यक्ति बराबर एक हजार रुपैयाँसम्म खर्च देखाइन्छ ।

त्यस्तै तीजलगायत महिलाहरुले मनाउने विभिन्न चाडपर्वको अवसरमा पनि सरकारी पैसा खर्च गरिन्छ । त्यसैगरी महिलाहरुलाई तालीम, गोष्ठी, विभिन्न सीप विकास र बालबालिकाको हेरविचारको नाममा पनि ठूलो मात्रामा सरकारी रकम खर्च गरिन्छ । आवश्यक लागत खर्च मात्रै गरिँदैन त्यसको नाममा ठूलो रकमको हिनामिना हुने गरेको स्रोतले उल्ल्ेख गरेको छ । यो भयो सशस्त्र प्रहरी परिवार महिला संघको कहानी ।

सशस्त्र प्रहरी बलको जस्तै नेपाली सेनाको नेपाली सैनिक श्रीमती संघ पनि खडा गरिएको छ । नेपाली सैनिक श्रीमती संघको उद्देश्य नेपाली सैनिक परिवारको कल्याणः बहालवाला, अवकाशप्राप्त सैनिक तथा उनीहरूका आश्रित परिवारका सदस्यहरूको सामाजिक, शैक्षिक र आर्थिक सशक्तिकरण तथा कल्याणकारी कार्य गर्ने भनिएको छ । तर, सैनिक श्रीमती संघको काम, कर्तव्य, अधिकार र उद्देश्यहरु पनि सशस्त्र परिवार महिला संघले गरेजस्तै छन् ।

उता, नेपाल प्रहरी श्रीमत संघ प्रहरी परिवारको कल्याणस् अमर, अशक्त र सेवारत प्रहरी कर्मचारीका परिवार तथा बालबालिकाको जीवनयापन सहज बनाउने, उनीहरूलाई आवश्यक सहयोग तथा कल्याणकारी कार्यक्रमहरू सञ्चालन गर्ने, प्रहरी कर्मचारीका परिवारलाई स्वास्थ्य सचेतना, स्त्रीरोग लगायत विभिन्न स्वास्थ्यसम्बन्धी परामर्श र सेवाहरू प्रदान गर्ने र सामाजिक सेवाः विशुद्ध सामाजिक र मुनाफारहित संस्थाको रूपमा समाजका विभिन्न क्षेत्रमा लोक कल्याणकारी तथा जनचेतनामूलक कार्यहरू गर्ने उद्देश्यले खोलिएको थियो ।

तर, पछिल्लो यो संघको काम पनि सशस्त्र प्रहरीको जस्तै वार्षिकोत्सव मनाउने, भोजभतेर गर्ने, महिलाहरुलाई तालीम, गोष्ठी, विभिन्न सीप विकास र बालबालिकाको हेरविचारको नाममा व्यापक हिनामिना हुने गरेको छ । तर, सरकारका सम्बन्धित र अख्तियार जस्ता निकायहरुले त्यसप्रति ध्यान दिएका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *