राप्रपाको किचलो झन् चर्कियो

Uncategorized राजनीति समाचार

काठमाडौं । उपदेश दिन जति सजिलो छ, गरेर पु¥याउन कठिन छ । राप्रपाको संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबाट रु. ३४ लाख ठगीमा परेका परेका दिल विकास राजभण्डारी सांसद बन्ने सपना पूरा हुन नसक्ने भएपछि राप्रपाको कुनै गुटमा सामेल भएनन् । कमल थापा अध्यक्ष हुँदासम्म पार्टीको केन्द्रय सदस्य रहेका भण्डारीले पार्टी कार्यालयलाई विद्युत हाई टेन्सन मुनिको घर मुखले दान गरे तापनि कानूनी रुपमा दिएका थिएनन् । पशुपति शमशेर राणाको अवस्था खस्कियो । डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङहरु थन्किए, विक्रम पाण्डे, भुवन पाठकहरुको पार्टी धरातल खस्कियो ।

पाठकलेसमेत वागमती प्रदेश सांसद बन्न ३५ लाख चढाए । ३ वर्ष सभामुख भए । माओवादी अध्यक्षले शुरुको सत्ता गठनबन्धनमा राप्रपालाई कोशी र बागमतीमा सभामुख दिलाएर बलियो सरकारको नेतृत्व गरे तापनि एमाले अध्यक्ष केपी शर्मा ओलले ‘स्वर्ग नर्कसागै जाने’ भन्दै भुङ्ग्रोमा पार्द राप्रपाले आफ्ना सांसद र सभामुखलाई पद त्याग्न लगायो । तर पाठकले त्यागे संघीय सांसदहरु जेनजी आन्दोलनको चपेटामा परेर फागुन २१, २०८२ मा सपन्न निर्वाचनमा जुम्लाबाट ज्ञानेन्द्र शाहीले जित अरु सबै थन्किए ।

अहिलेको संसदमा शाही दलको नेता छन् । समानुपातिकबाट छनोटमा परेकी खुस्बु ओली प्रमुख सचेक छिन् । संसदमा पार्टीको अस्तित्व देखाएका यी दुईजनाले बागमती प्रदेशका उद्धब थापा, राजु विष्ट, गिरी बहादुर तामाङ, राजेन्द्र प्रजापतिसमेत चार जना सांसदलाई साथ दिँदा आफै केन्द्रमा अल्पमतमा परेका राजेन्द्र लिङ्देनलाई हिजोका सहयोगी धवल शमशेर राणाले समेत छाडेका छन् । राजा चाहिन्छ भन्ने पूर्वपञ्चहरुको किचलो चर्कने क्रममा छ । बागमती प्रदेशको सत्ता गठबन्धन राजा चाहिन्छ भन्ने पूर्वपञ्चहरुलाई कमजोर बनाउने बलियो अस्त्र भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *