काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्री विराजभक्त श्रेष्ठले सम्हालेका छन् । तर मन्त्रालय सम्हालेता पनि उर्जा, जलस्रोत सम्बन्धि कुनै नयाँ खाका ल्याएको पाइदैन् । तर मन्त्रालयमा चार वर्ष देखि रजगज गर्दै आएकी सचिव सरिता दुवाडी र सिंचाई विभागका महानिर्देशक महेश्वर श्रेष्ठ कर्मचारी सरुवाको विवादमा मुछिएका छन् । गत बर्ष भदौं २३ जेनजी आन्दोलनकै दिन उर्जाका सिडिइहरुको ठूलो संख्यामा सरुवा भएको थियो । सो समयमा सिँचाई सचिव दुवाडी विदेशमा भ्रमणमा समय पारेर तत्कालिन मन्त्री दीपक खड्काले आर्थिक लेनदेन गरेको आरोप लागेको थियो । एक हातले पैसा लिने अर्काे हातले सरुवाको पत्र थमाउने कामले प्रसय पाएको थियो ।
सोही समयमा सचिव दुवाडीले सो सरुवा वदर गरेकी थिइन् । पहिला पैसा खाएर कर्मचारी सरुवा गर्न सकिएको थिएन तर अहिले यस अघि जुन जुन ठाउँमा पठाउन खोजिएको थियो ती कर्मचारीहरुलाई तत निकायमा खटाइएको छ । मन्त्रालयमा छिरेका पाँच महिना नहुँदै केहीले सिडिइ पाएका छन् भने केहीलाई दुई बर्षदेखि चलाइएको छैन । उसो त वर्तमान सचिव दुवाडी सिंचाईं क्षेत्रमा आएपछि विभागमा चूर्णबहादुर ओली, सञ्जीव बराल, देवराज निरौला, मित्र बराल हुँदै हाल महेश्वर श्रेष्ठसम्म जिम्मेवारी पाइसकेका छन् । सिंचाई विभागका ६ जना महानिर्देशक, चार जना मन्त्रीहरु परिवर्तन भइसक्दा पनि सचिवलाई भने कसैले हल्लाउन सकेको छैनन् ।
मसिर १३, २०८० मा बसेको मन्त्रीपरिषद् बैठकले तत्कालिन सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेर ०८० चैतदेखि उनी हालसम्म सिँचाई सचिवका रुपमा कार्यरत छिन् । प्रचण्ड सरकारको समयमा सचिव बनेकी दवाडी सो समयमा शक्ति बहादुर बस्नेत, दीपक खड्का, कुलमान घिसिङ्ग, अनिलकुमार सिन्हादेखि विराजभक्त श्रेष्ठसंग काम गरिरहेकी छिन् । उनै सरिताका जोडबलमा सिँचाई विभागको डिजी समेत छिटो छिटो परिवर्तन गरिएको थियो । अहिले भदौं महिनामा ठूलो संख्यामा सिडिईहरु सरुवा गर्दा ठूलो आर्थिक चलखेल भएको कर्मचारीहरु बताउँछन् । हालैमात्र विभागले ८७ जना उपसचिवस्तरका सिडिईहरुको सरुवा गरेको छ । सरुवा प्रक्रियामा मन्त्रालय बाहिरका प्रभावशाली व्यक्तिहरूको समेत भूमिका रहेको स्रोतको दाबी छ । मन्त्रीको सचिवालयभित्रै सरुवा प्रक्रियालाई लिएर प्रश्न उठेको र केही सरुवा रोक्ने प्रयाससमेत भएको स्रोतको भनाइ छ ।
कर्मचारीको सरुवा गर्दा कुन प्रशासनिक मापदण्ड अपनाइएको हो सो बिषय समेत अझैं खुलेको छैन । विशेष गरी आर्थिक चलखेलका आधारमा सिडिइहरुको सरुवा गरिएको बिषयमा भने दुइ मत नरहेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् । जसमा केही आयोजना प्रमुखहरुलाई बर्षाैसम्म नचलाइएको त केहीलाई तीन महिनामै सरुवा गरिएको विषयले प्रश्न उठेको छ । त्यसले गर्दा कर्मचारी सरुवा चलेखेल भएको त हैन त्यतिकै उठेको छ । अहिले आयोजना प्रमुखको जिम्मेवारी दिइएको बिषय आलोचित बनेको छ । मन्त्रालयले हालैमात्र ८७ जना वरिष्ठ डिभिजन इन्जिनियरको सरुवा गर्दा व्यापक आर्थिक चलखेल भएको स्रोतले उल्लेख गरेको छ ।
मन्त्री श्रेष्ठको सचिवालयले सरुवामा व्यापक आर्थिक लेनदेन भएको शंका गरी ती कर्मचारीहरुको सरुवा रोक्न प्रयास गर्दा सचिव सरिता दवाडीले मन्त्रीका अर्का विश्वासपात्र अम्शुमान शाहीलाई हातमा लिएर सरुवा गर्न सफल भएको र सरुवासम्बन्धी मन्त्रालयको कोठा न २०५ टुंगाइएको स्रोतको भनाइ छ । स्रोतका अनुसार श्रीप्रसाद साह विगत केही वर्षयता विभिन्न कार्यालयमा लगातार प्रमुख जिम्मेवारीमा रहँदै आएका थिए । उनी तीन वर्ष कञ्चनपुरमा बसेका थिए ।
त्यसअघि पनि सर्लाहीमा प्रमुखको जिम्मेवारीमा रहेका थिए त्यसपछि उनी डडेल्धुरा गए । डडेल्धुराबाट मन्त्रालयमा तानिएका उनी पाँच महिना नपुग्दै पुनः सिंचाईं तथा जलस्रोत व्यवस्थापन आयोजनाको मोरङ कार्यालय पुगेका छन् । यस्तै मनोरञ्जनकुमार सिंह विगत लामो समयदेखि विभिन्न कार्यालयमा निरन्तर प्रमुखकै जिम्मेवारीमा रहँदै आएका छन् । यस्तै शम्भु पण्डित बुटवल तथा महाकाली सिंचाईं आयोजनामा प्रमुख रहिसकेका कर्मचारी हुन, उनलाई दाङ आयोजनाको प्रमुख बनाइएको छ ।
सरुवाको सूची अनुसार, आर्थिक चलखेलमा बनाइएका अर्काे सिडिई हुन, निश्चल छत्कुली । छत्कुली दुई वर्षभन्दा बढी समयदेखि सिंचाईं तथा जलस्रोत व्यवस्थापन आयोजना, दाङमा आयोजना प्रमुखका रूपमा कार्यरत रहेका छन् । ईश्वरी तिवारीको सरुवासमेत मन्त्रालयभित्र चर्चामा रहेकोे छ । उनी विभागको आकर्षक मानिने विपद् व्यवस्थापन आयोजनामा सरुवा भएका छन् । उक्त आयोजनामा चालु आर्थिक वर्ष उल्लेख्य बजेट रहेको बताइएको छ । तिवारीमाथि सरुवासँग रकम जोडिएको आरोपसमेत लगाइएको छ । यस्तै टोपबहादुर खत्रीको पदस्थापन र सरुवालाई लिएर पनि मन्त्रालयभित्र प्रश्न उठेको छ । उनी विभागका आकर्षक मानिने बृहत् दाङ उपत्यका सिंचाईं आयोजनामा प्रमुखको जिम्मेवारीमा रहिसकेका थिए । हालको सरुवामा उनी दाङबाट भेरी करिडोरतर्फ गएका छन् ।

