काठमाडौं । रास्वपाको सरकार बनेदेखि आम सर्वसाधारण नेपालीहरुले खुसीयालीव्यक्त गरेतापनि सरकारको व्यवहार हेर्दा आममानिसलाई उदेक लाग्दो भएको छ । किनकी सरकार बनेको ६ महिनापार गर्दा पनि सरकारले नत महङ्गी नियन्त्रण गर्न सकेको नत भ्रष्टचारलाई शुन्यमाझार्न सकेको छ । उल्टै दुइतिहाइको सरकारमाकार्यरत मन्त्रीहरुले सल्लाहकार राखेर राज्यमन्त्रीुसरहको सेवासुविधादिएर राज्य दोहनगरिरहेका छन् ।
त्यसैगरी सल्लाहकारहरुले नै सरकारी निकायदेखि विभिन्न क्षेत्रलाई कहिले बाढिपहिरोको लागि सहयोग माग्ने, कहिले त आफन्त र जेनजीयुवायुवतीहरुलाई जागिर खुवाउनको लागि टच्चर दिने जस्ता काम सल्लाहकारहरुले गरेको आरोप छ । त्योसँगै रास्वपाको सरकारले कर्मचारीतन्त्र र सुरक्षानिकायलाई हायलकायलबनाएको अवस्था छ भने उद्योगीतथा बैंक वित्तिय संस्थाका सञ्चालकहरुलाई पक्राउगरि जेल हाल्ने काम समेत भएको गुनासाहरु आइरहेका छन् । त्यसैगरी वालेन सरकार बनेको हप्तादिननपुग्दै सरकारी सूचनानिजि मिडियालाई प्रतिबन्धलगाएको छ भने २०१६ सालदेखि विपिकोइरालाले दिदैँ आएको पत्रपत्रिकाको सहयोग पनि ५० प्रतिशतभन्दा बढि कटौति गरेर पत्रकारहरुलाई रोजिरोटिबाट विमुखबनाएको छ । केहिसमय अगाडी देशभरबाट ८ हजार ९ सय पच्चासीपत्रपत्रिकाप्रकाशितहुदै आएकाथिए । हालआएर ४ हजार ९८५ मात्रपत्रपत्रिकाप्रकाशितभइरहेका छन् ।
त्यसमापनि सरकारले दिदैँ आएको लोककल्याणकरी विज्ञापनको रकम ५० प्रतिशतले कटौति गरेपछि पत्रकारहरु सडकमाउत्रिएका छन् । त्यसैगरी निजामति क्षेत्रमाकार्यरत कर्मचारीहरुलाई जथाभावी सरुवा गरेर कर्मचारीहरुको निध हराम गराएको छ भने ३० र ५५ वर्षीय उमेर हदको नियमलगाउने तयारी गरिरहेको छ । अर्काेतर्फ शिक्षा र स्वास्थ्य क्षेत्र निकम्माबन्दै गएको छ । सरकारले दुईदिनबिदादिदाविद्यालयबन्दहुने पढाईमा असर परेको छ भने अभिभावकको खर्च पनित्यत्तिकै भइरहेको छ । दुईदिनबिदाको कारण विद्यार्थीहरु पढाइमा भन्दामोबाइल र सामाजिक सञ्जालमा रमाउने गरेका छन् । विदाकै कारण विद्यार्थीहरु पढाइमा भन्दा सामाजिक सञ्जाल रमाउँने गरेका छन् । त्यसैगरी स्वास्थ्य क्षेत्रमापनिव्यापकविरोध भइरहेको छ । दुइदिनबिदाहुदा टाढाबाट आउने विरामीहरु मर्कामा परेका छन् । उनीहरुको खाने बस्ने खर्च बढेको छ ।
उनीहरुले समयमाउपचार पाउन सकेका छैनन् । विदाकै कारण डाक्टरहरु अस्पताल नआएपछि विरामीहरु निजिक्निनिकमाउपचार गराउनबाध्य छन् । निजिमाउपचार गराउदा सरकारीमाभन्दा डब्बल तेब्बरको भार खेप्नुपरेको छ ।
त्यसले गर्दा दुईदिन सार्वजनिकविदाले आमसर्वसाधारणको काम समयमाहुन सकेको छैन । कुनै हप्तामा ४ दिन सम्मविदा पर्ने गरेको छ । त्यसमापनि चाडबाडको समयमाविदाहरु धेरै परिरहेका हुन्छन् । तर सरकारी कर्मचारीलाई यसको फाइदापुग्ला तर निजि क्षेत्रमाकार्यरत कर्मचारीहरुलाई भने समस्या पर्दै गएको छ । दुइदिनबिदाले कार्यालय बन्दहुदाउत्पादन र कारोबार कमीभएको देखिन्छ । त्यसले गर्दा राजस्वमाकमी आउछ । कारोबार र आर्थिक गतिविधि घट्छ । भन्सार तथाअन्य कर संकलनमाअल्पकालीन असर पर्न सक्छ।
त्यस्तै, पर्यटन तथामनोरञ्जन क्षेत्रमा उल्टो सकारात्मक असर हुने देखिन्छ । मानिसहरू घुमफिर र बाहिर खानपिनमा बढी खर्च हुने गर्दछ । दैनिकज्यालादारी गर्ने कामदारलाई मर्का पर्छ । मजदुरहरुको आम्दानी घट्छ । आम्दानी घटेकै कारण उनीहरुको खानपानमा समेत असर पर्छ । खानपान समयमानहुँदा सर्वसाधारण मजदुरको स्वास्थ्यमा असर पर्ने देखिन्छ । दुईदिनबिदाले व्यापार व्यवसायमात्यसको असर पर्ने गर्छ ।


