काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा सुधार आएको भन्दै अर्थमन्त्रालयले बखान गाए तापनि वित्तीय क्षेत्र झन् डामाडोल भएको छ । त्यसको उदाहरण सेयर बजारलाई हेर्दा छर्लङ्ग हुन्छ । भदौ, असोज महिनासेयरबजारको उकालो लाग्ने समय हो । तर, यसपालि केही हाइड्रोपावर कम्पनीबाहेक बैंक तथा वित्तीय क्षेत्रको सेयर दिनप्रतिदिन ओरालो लागिरहेको छ । बैंक तथा वित्तीय क्षेत्रको यो अवस्था छ भने बाढीपहिरो, आन्दोलन र विभिन्न राजनीतिक उतारचढावले भौतिक संरचनालगायत यातायात क्षेत्रमा पु¥याएको क्षतिका कारण इन्स्योरेन्स कम्पनीहरु दावी भुक्तानी बढेको कारण समस्यामा परेका छन् ।
उता, ठूला भनिएका बैंकहरु खराब कर्जा र निक्षेप रकम लगानी नहुँदा समस्यामा परिरहेका छन् । त्यसैगरी अधिकांश निजी रुपमा सञ्चालित ठूला बैंकहरुमा राष्ट्र बैंकका कर्मचारीका आफन्त, अख्तियार आयुक्तका आफन्त, विभिन्न राजनीतिक दलका नेताहरुका आफन्त, उच्चपदस्थ कर्मचारीहरुका आफन्त, अर्थमन्त्रालयअन्तर्गतका उच्चपदस्थ कर्मचारीका आफन्तलगायतको अनावश्यक भर्दीकेन्द्र बनाउँदा घटामा गइरहेका छन् । त्यसैगरी बैंकमा आवश्यक कर्मचारीहरु योग्य र दक्षभन्दा पनि सञ्चालक समितिका आफन्त, सीइओ र उच्चपदस्थ कर्मचारीका आफन्त, सुरक्षा निकायका प्रमुखहरुको आफन्तरहरुले भरिभराउ हुँदा निजी बैंकहरुलाई प्रभावमा पारेर कमसल धितोमा ऋण प्रवाह गर्दा खराब कर्ता बढ्दै गएको हो । त्यस्तै मन्त्री, राजनीतिक दलका नेता र उच्च पदस्थ कर्मचारीहरुको दबाबमा कमसल धितो राखेर बढी रकम ऋण प्रवाह गर्दा निजी बैंकहरु समस्या पर्दै आएका छन् ।
त्यसैगरी सीईओ, डीसीईओ र उच्च पदस्थ कर्मचारीहरुको तलब, सुविधा बैंकको क्षमताभन्दा बढी हुने गरेकाले पनि बैंकहरु घाटामा जाने गरेका छन् । त्यसको उदाहरण ठूला भनिएका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, नविल बैंक बनेका छन् । त्यसमा सबैभन्दा नाजुक अवस्थामा गुज्रिइरहेका प्रभु बैंक र एनआईसी एशिया बैंक रहेका छन् । यी दुई बैंक खराव कर्जा उठाउन नसकेरै धरासायी बन्द पुगेका हुन् । खराब कर्जा, सीईओ र उच्चपदस्थ कर्मचारीहरुले बढी सेवा, सुविधा लिने गरेकै कारण प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचन पक्राउ परेका थिए । शेरचन पक्राउ परेपछि सुमन शर्मालाई सीईओमा निय्ुक्त गरिएको थियो । शर्मा पनि विवादमा तानिएका छन् । उता एनआईसी एशिया बैंकको अवस्था विगत लामो समयदेखि सीईओको विवाद र खराब कर्जाकै कारण नाजुक बन्दै गएको छ । त्यस्तै इन्भेष्टमेन्ट मेगा बैंक घाटामा गइरहँदा सीईओ र उच्चपदस्थ कर्मचारीको बढी तलब र सेवा सुविधा लिएकै कारण घाटामा गइरहेको छ ।
यी र यस्तै कारणले गर्दा निजी क्षेत्रबाट सञ्चालित बैंकहरुसेवाग्राहीको आकर्षण हुँदाहुँदै सञ्चालक, सीईओ र व्यवस्थापनको कमजोरीका कारण विश्वास गुमाउँदैछन् । त्यसको मार शेयरधनी र निक्षेपकर्ताले खेपिरहेका छन् । पछिल्लोसमय यी बैंकहरु विभिन्न विवादमा मुछिएको समाचार आउन थालेपछि सेयरधनी र निक्षेपकर्ताहरु आफ्नो लगानी डुब्ने डरले त्रसित बन्न पुगेका छन् । सञ्चालक, सीईओ र उच्चपदस्थ कर्मचारीहरले बढी सेवा, सुविधा लिएर बैंकलाई घाटा देखाइ बोनस र लाभांश नदिएको कारण सेयरधनीहरु रुष्ट बनेका छन् भने दिनप्रतिदिन ब्याज घटाउने कारणले गर्दा निक्षेपकर्ता निराश बनेका छन् । सीआईको र सञ्चालकका कारण बैंकहरु विवादमा पर्न थालेपछि बैंकहरुले लगानी पनि उठाउन सकेका छैनन् । उता देशमा राजनीतिक उत्तरचढावदेखि बाढीपहिरोलगायत विभिन्न प्राकृतिक प्रकोपका कारण लगानीको वातावरण नबन्दा बैंकमा पैसा थुप्रियर बसेको छ । त्यसले गर्दा निजी क्षेत्रबाट सञ्चालित अधिकांश बैंकहरु दिनप्रतिदिन धरासायी बन्दै गएका छन् । राष्ट्र बैंक र सम्बन्धित निकायले यस्ता विषयमा ध्यान दिन सकेको छैन ।

