वैदेशिक रोजगार विभागमा रैथाने कर्मचारीहरुको विगविगी

कर्पोरेट प्रमुख समाचार सुचना-प्रविधि

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयभित्रका विकृति, विसंगतिसँगै वैदेशिक रोजगार बोर्ड, विभग र सामाजिक सुरक्षा कोषमा समेत व्यापक रुपमा भ्रष्टाचार भएको स्रोतले उल्लेख गरेको छ । विगतमाभन्दा अहिले झन् नातावाद, कृपावाद झांगिँदै गएको छ । यस विाषयमा मन्त्री यादवले कुनै चासो राखेका छैनन् । उल्टै वैदेशिक रोजगार विभागमा नयाँ महानिर्देशक पठाएर विकृति र विसंगतिलाई बढावा दिइएको बताइन्छ । वैदेशिक रोजगार विभागमा विकृति र विसंगति बढेसँगै ठगीका उजुरीहरु बढिरहँदा पनि महानिर्देशक नवराज ढकालले नियन्त्रण गर्न सकेका छैनन् । विभागका निर्देशकहरु कृष्णकुमारी गौली, विन्दा आचार्यहरु पनि सरुवा भइसकेका छन् । कृष्णकुमारी गौलीलाई पोखरा श्रम कार्यालयमा सरुवा गरिएको छ भने वृन्दा आचार्यलाई इलाम नगरपालिकामा सरुवा गरिएको छ । उनहिरुको ठाउँमा मन्त्रालयले अन्य कर्मचारी पठाउने तयारी गरेको छ । विभागमा पुराना निर्देशकहरुलाई अन्यत्र सरुवा गरिएको छ भने शाखा अधिकृत र नासुहरुलाई पनि सरुवा गर्ने तयारी भइरहेको छ ।

त्सैगरी विभागमा पु्राना र चल्तापुर्ता निर्देशक खिलराज राई र शाखा अधिकृत तोरण पराजुलीको चाँदी कटाई सुरु भएको छ । राई विभिन्न शाखामा बसेर आफ्नो धन्दा चलाइरहेका छन् भने तोरण पराजुलीको पनि विभिन्न शाखा बसेर असुलीधन्दा फस्टाएकै छ । पूर्वस्वीकृति, अन्तिमस्वीकृति, इन्डिभिजल शाखा, उजुरी शाखाहुँदै अहिले अनुगमन शाखामा पुगेका छन् । अनुगमन शाखामा पुगेपछि अधिकांश मेनपावर सञ्चालकहरुलाई ‘म अनुगमन शाखामा छु, तपाईहरुले डर मान्नुपर्दैन, सबै काम म मिलाउँछु’ दशै खर्च बटुलिरहेको स्रोतले उल्लेख गरेको छ । पराजुली खान र खुवाउन पहिलादेखि माहिर कर्मचारी हुन् । खान खुवाउन माहिर भएकै कारण उनले शक्तिकेन्द्रहरुलाई मिलाउन सक्छन् । पुराजुलीको जस्तो कला नभएका अन्य कर्मचारीहरुलाई मन्त्रालयले अन्यत्र सरुवा गर्दा पनि पुराजुली भने वैरो विभागमै थमौती हुन सफल भएका छन् । सरकारले कतिपय कर्मचारीहरुलाई दूर्गममा सरुवा गर्दा सरुवामा परेका कर्मचारीहरले आफ्नो समस्या देखाएर थमौतीको लागि अदालतमा मुद्दापर्दा र अदालतले सटेअर्डर दिँदा पनि सरकारले हाजिर गर्न नदिएर अन्यत्र पठाउने गरेको छ । तर, तोरण पराजुलीको हकमा त्यो लागु हुन सकेको छैन ।

त्यसैगरी विभागमा लामो समयदेखि विभिन्न शाखा चहारेर अकुत सम्पत्ति कमाउने नासुहरु सुशिल कुमार दास, राजेन्द्र श्रेष्ठ, तेजप्रताप शर्मा, रिंकु गुप्तालगायत छन् । उनीहरुलाई मन्त्रीलेसमेत सरुवा गर्न सकेका छैनन् । किन कि यी कर्मचारीहरु खान खुवाउन माहिर छन् । हालका नवराज ढकालले पनि यस्ता कर्मचारी कर्मचारीहरुलाई निगरानी गर्न सकेका छैनन् । सरकारले जतिसुकै सुशासनका कुरा गरे तापनि भ्रष्टाचार पहिला खुलमखुला हुन्थ्यो भने अहिले भित्री रुपमा पहिलाको भन्दा बढी फस्टाएको छ । पहिला सानोतिनो रकममा खुलमखुला हुँदा बढी चर्चा हुने गरेको थियो भने अहिले भित्री रुपमा ठूलो–ठूलो रकम चललेख हुँदा पनि गोप्य राखिएको छ । त्यसैगरी २७६ वटा मलेसिया रोजगारीमा सिन्डिकेटधारी म्यानपावर कम्पनीहरुले पनि यिनै कर्मचारीहरुलाई प्रयोग गरेर आफ्नो काम फत्ते गरिरहेका छन् । सेटिङमा माहिर भएकै कारण वैरोमा लामो समयदेखि रजगज गर्दै आएका नासुहरु अन्यत्र सरुवा हुन चाहँदैनन् ।

मन्त्रलयले पनि उनीहरुलाई सरुवा गर्ने आँट गर्दैन । किन कि उनीहरुले मन्त्रालयका सचिव र सहसचिवहरुलाई महिनावरी खामबन्दी दिने गरेको बताइन्छ । त्यसले गर्दा पनि उनीहरु सरुवामा पर्दैनन् । यी र यस्तै कारणले गर्दा सरकार सुशासनको बखान गरिरहने कर्मचारीहरु भ्रष्टाचार गरिरहने प्रवृत्ति हावी भएको छ । हिजो कांग्रेस र एमाले निकट भएर अकुत सम्पत्ति आर्जन गर्दै आएका यिनै कर्मचारीहरु आज रास्वाप सरकारसँग मिलेमतो गरेर आफ्नो धन्दा चलाइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *