काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापन पक्ष र इतरपक्षको विवादसँगै संस्थापन पक्षले एकलौटी रुपमा १५ महाधिवेशन सम्पन्न गर्दै छ । बाढीपहिरोका कारण देश संकटमा परिरहेको बेला प्रतिपक्ष दल नेपाली कांग्रेस बाढीपहिरो पीडितको राहत र उद्दारमा जुट्नुको साट्टा आफ्नो पार्टीको १५ महाधिवशेनमा होमिएर रमाइरहेको छ । अर्कोतिर चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारण जनता महंगी र अभावमा पिल्सिइरहेका बेला नेपाली कांग्रेसले१५ औं महाधिवशेन सम्पन्न गर्न मञ्च व्यवस्थापन र खानपानको लागि करोडौं खर्च गर्दै छ । मञ्च व्यवस्थापनको सामानको मात्रै दिनको ३ लाखभन्दा बढी भाडा तिर्नुपर्ने हुन्छ । साजसञ्जा र भाडा गरी करिव ५ करोडै रुपैयाँ मञ्च व्यवस्थापनमा मात्रै खर्च गरिएको अवस्था छ भने खाना, खाजा र अन्य खर्चको त लेखाजोखा नै छैन । देशभरिका ७ हजार ५ महाधिवशेन प्रतिनिधि, स्वयमसेवक सुरक्षा निकाय र प्रचारप्रशारको लागि पनि करोडौं खर्च गरिदिँदै छ ।
नेपाली कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक पार्टीको १५ महाधिवेशनमा छिमेकी मुलुक भारत र चीनका प्रतिनिधि समेत सुशभाकामना दिनको उपस्थित भएको पाइएन । उता सोही पार्टीका निवर्तमान सभापति सो महाधिवशेनमा उपस्थित नभएर छुट्टै मिति तय गरी १५ औं नियमित महाधिवशेन गरिरहेका छन् । त्यसैगरी तेस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा शुभकामना दिन आएनन् । जब कि कांग्रेसले ओलीको निवासमै पुगेर शुभकामन मन्तव्यको लागि आग्रह गरेको थियो । एकातिर कांग्रेसका निवर्तमान सभापति देउवा उपस्थित नहुनु अर्कोतिर पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओली सो महाधिवशेनमा उपस्थित नहुने भएकै कारण हुन सक्छ, विदेशी प्रतिनिधिहरु सहभागिता नभएको । त्यसले गर्दा पनि गगन थापा नेतृत्वको कांग्रेसले गरेको १५ औं महाधिवेशनको कुनै औचित्य देखिँदैन । उता निर्वाचन आयोगले संस्थापन पक्षले महाधिवशेनको अनुमति लिइसक्दा पनि इतरपक्षलाई फेरि महाधिवशेन गर्न बाटो खुल्ला गर्नुले पार्टीको आधिकारिता कसले पाउँछ भन्ने एकिन छैन । गगन पक्षले विशेष महाधिवेशन गर्दा पनि तत्कालीन संस्थापन पक्षले बहुमत नपुगेको दावी गरिरहँदा आयोगले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएको थियो ।
निर्वाचन आयोगले विशेष महाधिवशेन पक्षधरलाई आधिकरितासहित चुनाव चिन्ह रुख र पार्टीको तारतारे झण्डा दिएको थियो । त्यसपछि तत्कालीन संस्थापन क्षपले त्यसकोविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । त्यसको फैसला अहिलेसम्म भएको छैन । बरु उल्टै अदालतले तत्कालीन सभापति शेरबहादुरदेउवालाई पुनरावालोकनको लागि निशा दिएको छ । निशा दिनुको अर्थ पार्टीको चारतारे झण्ड र चुनाव रुख तत्कालीन सभापति देउवापक्षतिर जाने सम्भवना त्यत्तिकै छ । त्यसले गर्दा कांग्रेसले गरेको १५ औं महाधिवेनको आधिकारिकता कसले पाउने भन्ने दुविधा बढेको छ ।

