मन्त्रीहरु अनुशासनको घेराबाहिर

राजनीति समाचार

काठमाडौँ । आफै अराजक छ अरुलाई सुशासन सिकाएर रास्वपाको सरकारले कस्तो शासन चलाउला । बोल्ने सुशासन हो व्यवहारमा छैन भने त्यो हल्लाको अर्थ हुन्न । आज रास्वपाका सांसदले देखाएको अराजकताको प्रतिवाद हुँदा जनता र राष्ट्रको हित कसरी कहाँ भएको छ । आरोप जस्तो लगाए पनि हुन्छ ।

सरकारले दशैं जस्तो पर्वमा पनि ग्याँस सहज बनाउन सकेको छैन । पूर्वमन्त्री गौरी यादवले आयल निगम र ग्यास उद्योगीहरूको साठगाठले ग्यास सहज नभएको बताउँदा गौरीको पद गयो । सत्य बोल्दा पद गुमाउन पुगेकी मन्त्री मात्र थिइनन् आयल निगमका कार्यकारी पनि थिए । बालेन गुटका मन्त्री हुन् या सांसद अनुशासन तोड्छन् किनकि केपी खनाल, आशिका तामाङ, खगेन्द्र सुनार, राजु पाण्डे यसका उदाहरण हुन् । जसको बोली र व्यवहारले रास्वपाको एजेण्डामा फेल खाइरहेको छ ।

मन्त्रीहरु, सस्मित पोखरेल, सुदन गुरुङ, गणेश अधिकारी, डाक्टर विक्रम तिमल्सिना जस्ताका निर्णयले समाज कता जान्छ भन्न सकिने अवस्था छैन् । मन्त्रीहरुले गरेका निर्णयले दलको खिल्ली उडाइरहेको छ । मानव स्वास्थ्यको हेरचा गर्ने भक्तपुर क्यान्सर अस्पतालमा बोर्ड सदस्य पशु डाक्टर नियुक्ति हुनु र त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा भौतिक पूर्वाधारका पूर्व कर्मचारीलाई नियुक्त गर्नु, प्रज्ञा प्रतिष्ठानको उपकुलपति चरित्रमा दाग लागेका व्यक्ति नियुक्त गर्नु मात्र होइन प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनका दाजु खेलकुदमा र बहिनी पञ्चाङ्ग निर्णायक समितिको बोर्ड सदस्यमा नियुक्ति गर्नाले जनताले छानेका नेताहरूको हैसियत देखिएको छ ।

सरकारले कानुन तोडेको छ, ऐनको खिल्ली उडाएको छ, राजदूत छनोटमा परेका जापानी नागरिक हुन् वा राजनीतिक नहुँदै मानव व्यापार गर्ने वैदेशिक रोजगार कम्पनीसँग घुस लिने र खगेन्द्र सुनारलाई बोक्नुले पनि प्रधानमन्त्री बालेन्द्र शाहको हैसियत खस्किएको छ । फेसबुकको प्रचारमा विश्वास गर्दा राजपत्रलाई त्यसको अराजकताको कारण सरकार र पार्टीबीच समन्वय नभएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *