माधव नेपालकै कारण वामएकता नहुँने संकेत

प्रमुख राजनीति लेख समाचार

चुनाव अगाडिसम्म प्रचण्ड र माधव नेपालको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेको लहरले आफैँ ठूलो नेता भइन्छ भनेर ढुक्क थिए । तर परिणामले चौथो दल बनाइदियो । रास्वपाले ३५ वर्षदेखिको जरो गाडेर बसेका काँग्रेस एमालेको संगठन भत्काउछ भनेर पत्याएका थिएनन् । एमालेका अध्यक्ष केपी ओलीले कसैलाई गन्दैन थिए । एमाले एक्लैले बहुमत ल्याएछ भन्ने भनाइ थियो । गठबन्धन गर्नु पर्दैैन भनेका थिए । काँग्रेस आफैँ विभाजित थियो ।

काँग्रेस र एमाले कै कारण उत्पन भएको जेनजि विद्रोहले सरकार नै ढालेको थियो । त्यो समयको तेस्रो शक्ति नेकपामा जनमत आफैँ आउछ भन्ने थियो । काम सुरु गर्दा गर्दै भष्ट्रचार माफियाको टोलीले तत्कालिन गठबन्धन सरकार भत्काइदियो । पद र कुर्सी, सत्ता र स्वार्थबिना टिक्न नसक्ने प्रचण्डलाई एउटै पार्टीको दुइतिहाईको सत्ता पनि अस्थिरता लागेको छ । पार्टी राष्ट्रिय जनजागरणमा हुमिने घोषण गर्दा तिनै प्रचण्ड र माधव नेपाललाई चुनावमा फेरी पनि पन्छाउने गरी काँग्रेस, एमाले र जसपा जस्ता पार्टी र समुहबाट पार्टी प्रवेश सुरु गराइएको छ ।

प्रचण्ड र माधव जहाँ जान्छन त्यहाँ एकतामा अरुदलका कार्यकर्ता प्रवेश गराउने र चुनावमा चौथो शक्ति कै रुपमा थन्को लाग्ने योजना अनुसार पेरिस डाँडाबाट काम सुरु भएको छ । प्रचण्डले नेकपालाई कमजोर नठान्न भनेका छन् तर कमजोरी उनैमा छ । सत्ता छटपट्टी, चुनाव बेलाका २८ घटकहरुले नेपाली कम्युनिष्ट पार्टी बनाएका थिए । आज एमाले समेतको एकता र सहकार्य मोर्चाको कुरा आएको छ । तर एमाले अध्यक्ष केपी ओलीले प्रचण्डले स्वीकार्न सक्लान माधव नेपाललाई स्वीकार छन् की स्वीकारदैनन् यो प्रतिक्षाको विषय बनेको छ । एमाले भित्र पहिला देखि नै माधव नेपाल र केप ीओलीको पानी बाराबारको स्थिति थियो । केपी ओली कै कारण माधव नेपाल पार्टी फुटाएका थिए । माधव नेपालले पार्टी फुटाएर एकृकित समाजवादी पार्टी गठन गरेका थिए । सो पार्टी अहिले माधव नेपालले नेकपा माओवादीलाई बुझाएर नेपाली कम्युनिष्ट पार्टी बनाइएको छ । सो पार्टी अहिले चौथो दलमा खुम्चिएको छ । चौथो दलमा खुम्चिदा पनि संगठन बलियो बनाउन सकेको छैन् । अहिले वामएकताको कुरा आएको छ । तर एमालेले माधव नेपाललाई स्विकार्ने अवस्था देखिदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *