काठमाडौं । तत्कालीन पत्रकार राजिव खत्री भक्तपुर २ का प्रतिनिधि सांसद हुन । रास्वपा प्रवेश गर्नु भन्दा पहिले खत्री न्युज २४ मा कार्यक्रम सञ्चालक थिए । टेलिभिजनले समयमा तलव नदिए पछि उनको बाइकमा तेल हाल्ने पैसा नभएको गुनासो गर्दै हिड्ने गर्दथे । आज उनै खत्री सांसद भएपछि उनी फुर्तिफार्ती बढेको छ । खत्री पत्रकार हुँदा समाचारमा बार्केनिङ गर्दै विभिन्न व्यक्तिबाट पैसा असुल्ने गरेको स्रोतले उल्लेख गरेको छ । रवि लामिछानेले सिधा कुरा जनतासँग चलाएर अकुत कमाएको खत्रीले नजिकबाट देखेका थिए । रविले न्युज २४ छोडेर ग्यालेक्सी टिभी खोलेपछि राजिवले न्युज २४ मा उनकै सिको गरेर विभिन्न व्यक्तिलाई नभएको आरोप लगाउदै टेलिभिजनमा कराउदै पैसा असुल्दै गर्ने गरेको आरोप छ । यति सम्मकी कुनै व्यक्तिले पैसा नदिए त्यही कार्यक्रममा तिन चार पटक समाचार बजाउथे । बदमासीको डरले पनि सरकारी अधिकारीले उनीसँग कुरा मिलाउथे । उनी न्युज २४ टेलिभिजनमा साडे झै भएर काम गरेका थिए । आफ्नो पथ पछ्याएकाले रविले पनि उनलाई मन पराउथे । यसै क्रममा राजिवले औषधि व्यवस्था विभागमा औषधि दर्तामा अनियमितता हुने गरेको र यसमा विभागका तत्कालित महानिर्देशक नारायण ढकालको हात रहेको भन्दै कार्यक्रम बनाएर प्रसारण गरेका थिए । यो कार्यक्रम प्रशारण भए पछि ढकालले आफुलाई बोलाउलान र पैसाको विटो समाउला भन्ने आशा गरेका थिए । तर ढकालल राविज खत्रीले कुनै चासो दिएनन् ।
फेरि राजिवले केही औषधि उत्पादकहरुसँग भेटघाट गरेर जसरी नि नारायण ढकाललाई खेद्नु पर्ने भन्दै अर्को कार्यक्रम बनाएका थिए । यतिसम्मकी औषधि परिक्षण गर्ने प्रयोगशाला समेत ढकालले नबनाएको भन्दै बदनाम गर्न खोजे थिए । सरकारले करोडौ लगानी गरेर बनाउनु पर्ने प्रयोगशाला महानिर्देशक ढकालले नबनाएको भन्ने समाचार बनाए पछि राजिव खत्री आफै बेमानी भए । तर उनले नारायण ढकालको खैरो खन्न छोडेनन् । आफ्नो हातमा मिडिया छ भन्दैमा गर्दै नगरेको कुरा गरेको भनेर आफुलाई बदनाम गर्न खोजे पछि नारायण ढकाल झुकेनन् । खत्रीले हुदै नभएको आरोप लगाएर थुपै कार्यक्रम बनाएर न्युज २४ बाट प्रशारण गरे तर ढकालले मात्र होइन कसैले टेर पुच्छर लगाएनन् । कारण सबैलाई थाहै थियो राजिव खत्रीको बार्केनिड । त्यसको केही समयपछि जेन्जी आन्दोलन भयो । गत फागुनमा निर्वाचन भयो । रविको सिको गर्दै राजिव पनि टेलिभिजन छोडेर राजनीतिमा आए । रविको कृपाले भक्तपुर २ बाट टिकट पनि पाए र हावा हुण्डरीमा निर्वाचन जिते ।
रास्वपाको सरकार पनि बन्यो । राजिवको ध्यान त्यही औषधि व्यवस्था विभागमा परिरहेको थियो । उनले संसदमा बोले, औषधि व्यवस्था विभागमा चरम बेथिति छ । महानिर्देशक नारायण ढकालले नियम विपरित औषधिको मूल्य निर्धारण गरेका छन् । औषधिको मूल्य घटाउनु पर्छ र ढकालमाथि छानविन हुनु पछ संसदमा बोलेपछि रविले कुरो बुझि हाले । स्वास्थ्य मन्त्री निशा मेहतालाई औषधिको मूल्य घटाउन र ढकालमाथि छानविन गर्न एक समिति बनाउन निर्देशन दिए । सोही निर्देशन अनुसार मन्त्री मेहताले ढकालमाथि छानविन गर्न र औषधिको मूल्य घटाउन एक समिति बनाइन । ढकाललाई विभागको महानिर्देशकबाट हटाएर मन्त्रालय ल्याएर फाजिलमा राखियो । छानविन समितिका सदस्यहरुले समितिमै बस्ने मानेनन् । महानिर्देशक नारायण ढकाल औषधि व्यवस्था विभाग बुझेका र अनुभवी थिए । उनीमाथि छानविन गर्न छानविन समिति आट गरेनन । एक हप्तासम्म समितिका सदस्यहरुले नै चिठ्ठी बुझ्न नमानेपछि अर्को समिति बनाइयो । त्यो समितिले पनि केही गर्न सकेन । राजिव खत्रीकै निर्देशनमा केही समयको लागि निमित्त महानिर्देशको जिम्मेवारी शिवानी खड्कीलाई दिइयो ।
औषधि व्यवस्था विभागमा चरम भ्रष्टाचारी भनि नाम चलेका भरत भट्टराईलाई ल्याएर राविज खत्रीले हालीमुहाली गर्न चाहन्थे । तत्कालै भट्टराईलाई महानिर्देशक बनाएर आफ्नो चाल सबले थाहा पाउने छन भन्ने लागेर खत्रीले केही महिना शिवानीलाई निमित्त महानिर्देशक बनाउन लगाए हुन् । गत चैतमा महानिर्देशक भएकी शिवानीलाई हटाएर असोजमा मात्र उनै भरत भट्टराईलाई औषधि व्यवस्था विभागको महानिर्देशक बनाइएको छ । भट्टराई महानिर्देशक भए पछि राजिव खत्रीको हालमिुहाली चलिरहेको छ । नारायण ढकाल हुन्जेलसम्म आफु महानिर्देशक बन्न नपाइने भन्दै बसेका भट्टराईलाई राजिवकै पहलकदमीले महानिर्देशक बने पछि भट्टराई अहिले राजिवले जे भन्यो त्यही गर्ने गरेका छन । नयाँ औषधि दर्तादेखि विदेशी औषधि दर्तासम्ममा मोलमोलाई हुने गरेको औषधि व्यवसायीहरु नाम नबताउने सर्तमा उल्लेख गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका एक कर्मचारी भन्छन, नारायण ढकाल जस्ता औषधि व्यवस्था बुझेको व्यक्तिलाई फाजिलमा राखेर औषधि व्यवस्था विभागलाई पङ्गु बनाउने काम भएको बताएका छन् । तत्कालित महानिर्देशक ढकाललाई लगाएको आरोप न त अहिलेसम्म प्रमाणित भएको छ न ढकाललाई कुनै अधिकार नै दिइएको छ । ढकाललाई वि.सं २०७२ सालमा गगन थापाले आफु स्वास्थय मन्त्री हुदा विभागको महानिर्देशक बनाएका थिए । ढकालले सर्वसाधारण जनतालाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउनका लागि भारत सरकारसँग जिटुजीका माध्यमबाट थोकमा औषधि किन्ने र निशुल्क उपलब्ध गराउने व्यवस्था गरेका थिए । सर्वसाधरणको लागि आधारभूत औषधी सस्तोमा उपलब्ध हुने प्रस्ताव गरेका थिए । तर पछि थापा स्वास्थ्य मन्त्रीबाट हटेपछि त्यो पुरा हुन सकेन । पछि वि.सं २०८० मा मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्री भएका बेला पनि ढकालले औषधिको नियमनमा विशेष भूमिका खेलेका थिए । तर राजिव खत्रीको बार्केनिङ ढकालले स्विकार नगर्दा पेलानमा परेका थिए । अहिले ढकाल फाजिलमा छन भने औषधि व्यवस्था विभाग धरासी बन्न थालेको छ ।

