राजनीतिक दलमा जब सामुहिकताको कुरा उठ्छ त्यो बेला व्यक्ति गौण हुन्छ । व्यक्ति सर्वोसर्व हुँदा त्या निरङ्कुशता जन्मिन्छ । कार्यकर्ताको क्षमता, योगदान बुझ्दैनन् । मौका पाएकाहरु बारम्बार फाइदा लिइहाल्छन् । जो नेताबाट टाढा बस्छ, चाकडी गर्र्दैन उसले मौका पाउदैन ।
त्यहि कारण सबै सम्मान अधिकारका हकदा बनाउने पार्टी, प्रदेश स्तरीय पदाधिकारीको चयन गर्ने अवस्था दलहरुले गरेका हुन् समयको माग व्यक्तिको अपेक्षा अनुसार प्रदेश तहदेखि पार्टीका शिर्ष नेताहरुको व्यवस्था राखिएको हो । तर नेकपा एमालेमा विधान अधिवेशनमा दम्ब र घमण्ड राख्दा केपी ओलीलाई सर्वैसर्व बनाउँदा देवत्वकरणको बाटो लिएको अवस्था छ । त्यहा विद्यादेवी भण्डारीलाई ओली पछि सर्वअधिकार बनाइएको छ । तर विद्यालाई अध्यक्ष ओलीले यस पटक वरिष्ठ उपाध्यक्ष बनाइदिएका छन् । विद्या वरिष्ठ उपाध्यक्ष बनेपछि उनी चीन भ्रमणमा गएकी छिन् । किनकी विद्याको कार्यक्षमता राष्ट्रपति हुँदा अध्यक्ष ओलीको खबरदारीको रुपमा हेरिन्थ्यो ।
तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा अदालतले एक पटक बदर गरेको विषय अर्को पटक पुन कार्यान्वयमा ल्याउनको लागि उनै विद्यादेवीको हात थियो । एमालेमा विद्याले नेतृत्व लिदैमा जनताका सरोकारका विषयमा जागरण ल्याउछ भन्ने आशा गर्न सकिदैन् । किनकी एमालेमा परिवर्तन छैन् । चुनावमा हारेपछि वामपन्थीहरु एक हुनुपर्छ भन्ने चेतना आएको हो ओलीका काम र प्रतिक्षितहरुको मौकामा फाइदा लिने अरुको खुट्टा तान्ने प्रवृति हाबी छ । आफु लिने आफ्नो नदिने स्वभाव ओलीको बानी हो । त्यो पन अझै छ । ओलीलाई अगाडी लगाएर एमाले जगाउन सकिन्न । दोस्रो पुस्ताका नेताहरु जति छन् तिनको पनि व्यवहार ठीक छैन् । शंकर पोखरेल, विष्णु पौडेल, रामबहादुर थापा बादल, रघुबीर महासेठ, योगेश भट्टराई, भानुभक्त ढकाल, शेरधन राई जस्ता नेता एमालेमा छन् । तर एकपटक सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, हिक्मत कार्की जस्ता नेताहरुले ठाउँ पाएनन् । उनीहरु ओलीको चाकडी गर्न नसक्दा ठाउँ नपाउनु स्वभाविक हो ।
चाडवाडलाई लक्षित गरेर पार्टी कार्यकर्ता भेटघाट गर्दैमा गाउँमा प्रभाव पर्दैन । जनजिविका प्रति कम्युनिष्टहरु सचेत हुदैैनन् । आज जनजिविकासँग जोडिएका मुद्दाहरु कति छन् । चाडवाडको बेला जनताको चुलो बलेन । त्यो कुरा एमालेले थाहा पाएन । कालोबजारी चलेको छ । पक्षपात भएको छ । भेदभावपूर्ण व्यवहार बढेको छ । तर त्यसमा माओवादीले पनि थाहा पाएन् । जसले सत्ता हाक्छ । परिवारवाद र गुठवादलाई ठाउँ दिन्छ तीनैले पार्टी सत्ता त्याक्दैनन् भने भोली त्यही शैली नदोहोरिला भन्न सकिन्छ । एमालेका अध्यक्ष ओली, नेकपाका प्रचण्डलाई साथ दिन को आउँछ । त्यसले गर्दा ओली र प्रचण्डको घमण्डले वामएकता हुन्छ भन्ने ग्यारेन्टी छैन् । भ्यागुताको धार्नी कहिले पुग्छ भने जस्तै हो वाम एकतामा देखिएको छ ।

