साल्ट ट्रेडिङलाई ३ लाख जरिवाना

अर्थ/वाणिज्य प्रमुख विविध समाचार

काठमाडौं । दशैं सकिएसँगै तिहार सुरु हुँदैछ । तिहार लगत्तै छठ सुरु हुँदैछ । दशैं, तिहार र छठलाई लक्षित गरेर उद्योगी, व्यापारीहरुले कालोबजारी चलाई रहँदा सरकार निकम्मा बनेको छ । सरकारले न त बजार अनुगमन गरेको छ न त अखाद्य वस्तु मिसावट गरी बिक्रीवितरण गर्ने व्यापारीहरुलाई पक्राउ गरी कारवाही गर्न सकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि कुनै चासो राखेको छैन । सर्वसाधारण उपभोक्ताहरुले बजारमा ग्यास नपाएर, भौतारिरहेका छन् भने बजार मूल्यले आकाश छोएको छ । तर त्यसको अनुगमन वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरे तापनि त्यसले प्रतिफल पाउन सकेको छैन । किनकी विभागमा कर्मचारीको अभाव, साधन र स्रोतको अभावले गर्दा उपत्यका भित्र खोलिएका खुद्रा तथा होलसेल पसलहरुमा न त बजार मूल्यको सूची नै राखिएको पाइन्छ न त मूल्य निर्धारण नै गरिएको छ । उपभोक्तालाई आवश्यक पर्ने खाद्यान्नको मूल्य आकासिएको छ भने चिनी प्रति केजी १ सय ३० रुपैयाँ रहेको छ भने मिश्री १ सय २०, खाने तेल ३ सय माथि र २५ केजी चामललाई २९ सय रुपैयाँ पु¥याइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा रहेका छन् दिपककुमार साह । मन्त्री भएको दुई महिना बितिसक्दा पनि मन्त्रीले बजार अनुगमनलाई चासो दिएका छैनन् । बजारमा ग्यासको अभाव कायमै छ ।
कतिपयले बजारमा ग्यास नपाएर हैरान खेप्नु परेको छ भने होलसेल र खुद्रा पसलमा ग्यासको बिक्री वितरण भएको पाईंदैन । ग्यास अभावकै कारण अधिकांश उपभोक्ताहरु मारमा परेका छन् । सरकारी स्वामित्वमा संचालन रहेको साल्ट ट्रेडिङ लिमिटेडले नुनदेखि खाद्यान्न र एसटीसी ग्यास वितरण गरे तापनि उपभोक्ताले एसटीसी ग्यास पाएका छैनन् । साल्ट ट्रेडिङले बिक्री वितरण गर्ने खाद्यान्नको गुणस्तरको समेत अनुगमन गरेको पाईंदैन । साल्ट ट्रेडिङ लिमिटेडमा वर्षौं वर्ष आयो नुनको चाङ लागेको छ । आयो नुनकै कारण अधिकांश सर्वसाधारण मानिसलाई रोगको शिकार भई राखेका छन् भने साल्ट ट्रेडिङ लिमिटेडमा उर्मिला श्रेष्ठ र बज्रेश कुमार झाको हालीमुहाली चलेको छ । श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेशनलाई नाफामूलक देखाएर उधो गतिमा पु¥याएकी छन् भने बज्रश कुमार झा सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिका रहेका छन् । उनको काम समाजसेवी गरेजस्तो गरेर निमुखा र गरिबहरुलाई शोषण गर्ने र कर्मचारीहरुलाई कजाउने, नातावाद र कृपावाद गर्ने गरेको आरोप छ । झालाई भेटघाट गर्न आउनेहरुको लर्को त्यतिकै लाग्ने गरेको छ । तर भेट्न आउने सेवाग्राही र उपभोक्ताहरुलाई के काम प¥यो किन भेट्नु प¥यो भन्ने जवाफ फर्काउँछन् भने आफ्ना आसेपासेलाई आफ्नो कार्यकक्षमा राखेर घण्टौंसम्म भलाकुसारी गर्ने गरेको बताइन्छ । झाले कर्पोरेशनका हितको भन्दा पनि आफ्नो स्वार्थको लागि बढि लाभ लिने गरेको बताइन्छ । त्यसैको सेरोफेरोमा साल्ट ट्रेडिङ भित्र भएका विसंगतिको सूचना लुकाउने काम झाले गरेको कर्मचारी स्रोतले बताउँछ ।
त्यसको उदाहरण लिन सकिन्छ, दशैं ताका वाणिज्य तथा आपूर्ति संरक्षण विभागले अनुगमनमा जाँदा साल्ट ट्रेडिङ कर्पोरेशनमा खाद्यान्न धेरै देखाएर अनुगमनमा जाने कर्मचारीहरुलाई अलमलमा पारेको थियो भने खाद्यान्न र ग्यास स्टक छ भनेर झुक्याएर अनुगमन टोलीलाई ढाटेपछि ३ लाख रुपैयाँ जरिवाना तिराएको थियो । त्यसले के देखाउँछ भने सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन जस्तो संस्थाले झुठको खेती गर्छ भने अन्य निजी क्षेत्रबाट संचालित खुद्रा व्यापार र होलसेल व्यापारीहरुले झुटो खेती कति गर्छन् भन्ने प्रश्न उब्जिएको छ । त्यसले गर्दा उपभोक्ताहरु मिसावट खाद्यान्न खान बाध्य भएका छन् । तामकोशी सन्देश डककमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *