काठमाडाै । आफ्नो स्वार्थको लागि पार्टी चुनाव चिन्ह हलोलाई थाती राखेर एमालेको सूर्य चिन्ह लिएर निर्वाचन लडेका थिए । एमालेको सूर्य चिन्हमा पनि कमल थापाले निर्वाचन हारेका थिए । निर्वाचन हारेर रनथनिएका थापा फेरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेल विरुद्ध गुटबन्दी बनाउँदै मंसीरमा सम्पन्न हुने महाधिवेशन भाँड्ने योजना बनाउँदै छन् । डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, भूवन पाठकहरुलाई साथ लिएर यिनै थापाले पार्टी छोडेर जय नेपाल पार्टी गठन गर्दै हिँडेका धवल शमशेरलाई सहयोग पुग्ने काम थापाले गर्दै छन् । लोकेन्द्रको मुसा प्रवृत्तिले काम गरेको छैन ।
पार्टीको मुलनीति राष्ट्रियता, प्रजातन्त्र हिन्दु राज्य, संवैधानिक राजतन्त्र छ । तर पूर्व पञ्चहरु एउटै मञ्च एकै पार्टीमा अटेनन् । पहिला कमल थापाले गिता छोएर एकता गरेको वर्ष दिन नबित्दै राजेन्द्र लिङदेलसँग अध्यक्षमा प्रतिश्पर्धा गर्दा पराजय भएपछि राप्रपा नेपाल ब्युताएका थिए । त्यही बेला उनले पार्टीको चुनाव चिन्ह हलो थन्क्याएर आफू एमालेको सुर्य चिन्हबाट मकवानपुर २ मा उम्मेदवार बनेका थिए । राप्रपाकै दिपक संहले पराजीत गराएका थिए । डा. लोहनी र काठमाडौंका विक्रम थापा आफ्नै गाउँठाउँमा बिकेनन् । थापा पनि काठमाडौं सातबाट चुनाव लड्दा जमानत जोगाउन सकेका थिएन । कमलको हालत त्यही हो । राष्ट्रियताको पक्षधर राजतन्त्रको वकालत गर्ने पूर्व पञ्च मध्ये बढी विवादित र नगन मुखी व्यक्तिका कारण थापा विवादमा पर्दै आएका छन् । संविधान जारी भएको बेला थापा सांसद थिए । तर उनले राजतन्त्र र हिन्दुधर्मका सन्दर्भमा नोट अफ डिसेन्ट पनि लेख्ने आट गरेनन् । बरु थापाले ओली नेतृत्वको सरकारमा उपप्रम तथा परराष्ट्र मन्त्री बने । कमलले राजेन्द्र विरुद्ध चलाएको षड्यन्त्रको प्रतिवाद राप्रपा भित्र हुँदैछ ।

