राजश्व छल्ने चौधरी उपसभापति

देश/विदेश प्रमुख राजनीति विविध समाचार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरीले कांग्रेस ध्वस्त बनाउँदै छन् । राजश्व छल्ने चौधरी पैसा दिएर विभिन्न पार्टीलाई चन्दा दिएर समानुपातिक सांसद बन्ने र राजश्व छल्ने उनको नीति नै रहेको छ । चौधरी ग्रुपका कम्युटर अपरेटर विष्णु रिमाल एमाले अध्यक्षका प्यारा पात्र थिए । उनले चाजोपाजो मिलाएर चौधरीलाई समानुपातिक सांसद बनाएका थिए । तर पछिल्लो चरणमा चौधरी कांग्रेस गए ।

डा. आरजु राणालाई पैसा दिएपछि चौधरी रातारात कांग्रेस केन्द्रीय सदस्य बने । त्यो बेला काँग्रेसको १४ औं महाधिवेशन चलिरहेको थियो । कम्युनिष्ट र कांग्रेसले अर्का तस्करी ह्याक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाए । आज रास्वपाको सरकारले आनी छोइङ्ग डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरेको छ । उक्त नियुक्ति पनि विवादित बनेको छ ।

कांग्रेसको गहना विनोद चौधरीको योग्यताको प्रश्न नौलो होइन । पार्टी केन्द्रीय सदस्य बन्न क्रियाशिल सदस्यता १० वर्ष पुग्नु पर्छ । पैसा भएपछि विधान च्याते हुन्छ । त्यही कारण गगनले पनि विनोद चौधरीलाई आफ्नो टीममा राखेर समावेशी उपसभापति जिताएका हुन् । नेपालका व्यापारी मध्येका ध्रुत राजश्व छलि गर्ने चौधरीले अहिले नेपाली काँग्रेसको उपसभापति बने । जनतालाई अखाद्य वस्तु खुवाएर आफु मालामाल बन्छन् । यस्ता पात्रलाई शुरुमा राजनीतिमा ल्याउने केपी ओली र ईश्वर पोख्रेल हुन् । एमाले विनोद चौधरी जस्तालाई बोक्दा के भयो ? कांग्रेस सभापति गगन थापाले किन बुझेनन् । यो प्रकरणले अब गगनको वैधानिकता माथि प्रश्न चिन्ह खडा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *