वर्षासँगै विभिन्न क्षेत्रमा हिमपातको सम्भावना

प्रमुख समाचार

देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघिको हिउँदे वर्षासँगैको हिमपातले बढ्दै गएको चिसो आउँदो एक हप्ता उच्च दरमा रहने अनुमान महाशाखाले गरेको छ । मौसमविद् गङ्गा नगरकोटीले भने, “अहिले नेपाल प्रवेश गरेको पश्चिमी वायुले यो वर्षा गराएको हो, बिहीबार दिउँसैदेखि पहाडी भेगमा वर्षा भइरहेको छ ।” काठमाडौँ लगायतका स्थानमा भने अपराह्नदेखि मेघगर्जनसहित हल्का वर्षा भएको छ । बिहीबार काठमाडौँ उपत्यकामा हल्का पानी पर्ने र केही बेर घाम लाग्ने क्रम पनि जारी रह्यो ।

नगरकोटीका अनुसार वर्षाले उपत्यकाको चिसो बढाउनुका साथै वरिपरिका पहाडमा हिमपात गराउने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १८ गते (शुक्रबार)
दिउँसो स्देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

राती : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

पौष १९ गते (शनिबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक रदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

पौष २० गते (आइतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *