सिपी गौतमले कार्यभार सम्हाल्दा तस्कर खुसी

समाचार

काठमाडौं । जो बद्नाम उही राजकुमार भनेझैं भएको छ सशस्त्र प्रहरीमा । जसले प्रदेश २ को छिन्नमस्त बाहिनीको कमाण्ड गर्दा तस्करीलाई सहयो गरेर लाखौं कमाएको आरोप छ । कृषि उपज सामाग्रीसमेत पक्रेर सरकारलाई लाटो बनाएको, संगनलाई अन्धो बनाएको अवस्था थियो । सशस्त्रको सीमा क्षेत्र प्रगति के गर्ला ? सिपी गौतम बढी सल्बलाउँदा गृह मन्त्रालयले समेत ध्यान दिएन । नारायण दत्त पौडेललाई एआईजी बनाएको महिनादिनमा बढुवा समितिले अर्काे निर्णय ग¥यो । आईजीपी राजु अर्याल, एआईजी नारायणदत्त पौडेल प्रहरीमा सँगै सेवा प्रवेश गरेका थिए । तर चन्द्रप्रकाशलाई छेक्न लागेका थिए ।
सशस्त्र भित्र चन्द्र प्रकाश गौतम सेनाबाट आएका थिए । जहाँ जहाँ कमाण्ड गरे त्यहा विवादरहित भएनन् । झापालीको सोर्स लगाएर एमाले अधयक्ष केपी ओलीको सोर्स लगाउनेसम्म लगाए, तर पार लागेन । त्यसपछि कांग्रेसका कृष्ण सिटौलाको चाकडी गर्दा समेत पार लागेन । राजु अर्याललाई नै एआईजी बन्न नदिने दौडमा थिए । संगठन अन्धो थिएन । गृहले यस्तो चाप्लुसीको कुरा सुने जसले प्रदेश २ को कमाण्ड देखाउँदा सीमाको सुरक्षालाई कडीकडाउ गर्न सकेन । उसले पुरस्कार पाउने अवस्था थिएन । जब सिपी फर्किए प्रदेश २ मा सशस्त्र चम्किने चम्काउने काम ग¥यो । पुरस्कार पनि त्यहीँ गयो । अहिले संयोगले सशस्त्रको सीमा समन्वयमा गौतमको कमाण्ड छ । प्रदेश १, लुम्बिनी, सुदूरपश्चिमको सीमा क्षेत्रबाट तस्करीलाई सहयोग गर्दा डीआईजीहरुको विद्रोह हुनेछ । सरकारले छोकडा काजु सुपारी मरिचको तस्करी रोक्ने घोषणा गरेको छ । सुपारी उद्योगहरुको आश्यकताको आधारमा सुपारी ल्याउन पाउने व्यवस्था सरकारले गरेको छ ।
काग बाठो भए के खान्छ भनेझैं सशस्त्रमा सिपी गौतम जस्तै सत्ताको घमण्ड गरी कमल गिरी प्रदेश १ को कमाण्ड गर्छन । प्रदेश १ मा भोजपुरेहरुको जमघट बनाएर असुल्ने काम थालेका छन् । तस्करी सुरु भएको छ । भारतीय बजारको मल र चिनी ल्याउने काम सुनसरी, मोरङ जिल्लाका सीमा क्षेत्रबाट भइरहेको छ । त्यही कारण उनी संचार मन्त्री ज्ञानेन्द्र कार्कीलाई पुजेका छन् । कार्कीको कमाण्डको जिल्ला धनुषाको भन्सारमा कलंकीका बासिन्दा हेम श्रेष्ठको कमाण्ड छ । श्रेष्ठले आफ्नो कमाण्डर कांग्रेसकै नेता डीआईजी कमल गिरीको सेवा गर्लान कि सीमा कमाण्डर अर्काे कांग्रेस एआईजी चन्द्रप्रकाशको आदेश मान्लान् प्रतिक्षा गर्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *