तालिम व्यवस्थीत थियो । यहाँका हरेक गतिविधिहरु समय सिमा भित्र हुने गर्दथ्यो । अचम्म लाग्दो कुरो चाँही हामी कहाँ कहाँ जान्छौं कति वजे खान्छौं । कुन सेशन कति वजे चल्छ अनी के खेल खेलिन्छ । हामीलाई ओसारपसार गर्ने चालक को हुन्छ भन्ने सवै जानकारी हामीलाई आफ्नो देशमा हुँदै आइसकेको थियो । सो अनुसार अक्षरस पालना भएको थियो । पहिलो दिनको तालिममा परिचय पश्चात हाम्रो कथा केन्द्रीत विषयमा छलफल भयो । सामुहिक छलफलमा असाध्यै धेरै जोड दिइन्थ्यो । जागरुकताका लागि खेलहरु पनि खेलाइयो । जिप, ज्याप, जुम भन्ने खेल खेलाइएको थियो । यसमा मैले चलाखी प्रयो गरे पनि तेस्रो मात्र हुन सकें । तर रमाइलो थियो । यहाँ भाषा वुझ्न कठिनाई भए पनि समस्या कहिल्यै परेन । अंग्रेजी वोल्दा पनि कहिलेकांही नेपाली भाषा घुस्ने गर्दछ तर यहाँ भएन । वातावरणले फरक पार्दो रहेछ ।
पहिलो दिनकै सेशनमा भिडियो खिच्ने तथा प्रस्तुतीका वारेमा प्रशिक्षण भयो । हाम्रो मोवाइलवाट भिडीयो तथा फोटो खिच्ने कलाहरु सिक्यौं । यस सेशनका सहजकर्ता जोइले हामीलाई भोलीको अवलोकन भ्रमणमा फोटो खिच्न र पठाउन लगाउने त्यसवाट उत्कृष्ट छनौट गर्ने कुरा जानकारी प्रतिस्पर्धामा सामेल गराए ।
पहिलो दिनको वेलुका औपचारिक सेशन पछि ग्लोवल फार्मर नेटवर्कका अध्यक्षले वेलकम पार्टी दिए । अध्यक्ष रेग क्लाउजले संक्षिप्त मन्तव्य दिए तर त्यो मन्तव्य दिइरहँदा वाइन, वियरहरु खाइरहेको अवस्था नैं थियो । यहि अवसरमा उत्कृष्ट किसानको उपाधी उरुग्वेका ग्याविरियललाई प्रदान गरियो । उनी हाम्रो तालिमका प्रशिक्षक टिमका सदस्य पनि थिए । ८ वजेसम्म पार्टी चलिरह्यो । फेरी म सहित केही रेष्टुरेन्टमा गयौं । अरु साथीहरुले वाइन थपे । यसरी खाएको सम्वन्धीत व्यक्तिले तिर्नु पर्ने थियो ।
जर्मनको राजधानी फांकफ्रट वसाईको तेस्रो तर तालिमको दोस्रो दिन विहानैं एक कृषि प्रदर्शनीमा जाने कार्यक्रम थियो । जर्मनका स्थानीय मार्कसले हामीलाई समन्वय गरेका थिए । हामी आफ्नो देशमा हुँदा नैं त्यो प्रदर्शनीमा प्रवेशका लागि अनलाईन फर्म भर्नु भनि इमेल आएको थियो । मैले भरी सकेको थिएँ । मेरो मोवाइलमा प्रवेश टिकट प्राप्त भैसकेको थियो । हामीले विहानको खाजा हामी वसेकै होटलको रेष्टुरेन्टमा खाएर वस चढि प्रदर्शनी स्थल तिर गयौं । म मात्र हैन धेरै जनालाई सवै कुरा नौलो नैं थियो । हाम्रो टोलीको समन्वकारी नेतृत्व जर्मनका मार्कसले गरेका थिए ।
एक दिने कृषि प्रदर्शनी रहेछ । हामी समयमा नैं पुगेछौं । हामीले फर्म भरीसकेकोले निशुल्क प्रवेश पायौं । सायद आयोजकले निशुल्क प्रवेश मिलाएको थियो होला अरुले टिकट काटेको देखिन्थ्यो । चासो भएन हामीलाई निशुल्क भैगयो । गेटमा पुगेर हामीले मोवाइलमा हाम्रो प्रवेश अनुमतीको टिकट देखायौं । भित्र छि¥यौं । डिएलजी फिल्डेज २०२२ नाम दिइएको यो प्रदर्शनी एक कृषि कम्पनीको जग्गामा भैरहेको थियो । भीत्र प्रवेशसँगै वरी परी घुम्यौं । फोटो खिचियो । एक ट्याक्टरको कम्पनीको विफ्रिङ सुन्यौं ।
ड्रोनबाट विउ तथा औषधी खेतवारीमा छरेको प्रत्यक्ष हे¥यौं । छलफल ग¥यौं । एक कम्पनीले हामीलाई चिया नास्ताको व्यवस्था गरेको थियो । ईच्छा अनुसारको खायौं । आपसमा अनौपचारिका छलफल ग¥यौं । विभिन्न स्टलमा गएर कुराकानी ग¥यौं । दिउँसको खाना व्यवस्था त्यही थियो । हामी सवै जुटे पछि खाना ल्यायो । म हिन्दु भन्ने उनीहरुलाई जानकारी थियो । गाईको मासु वाहेक ल्याउनु पर्ने ल्याए पनि तर के गर्नु ती सवै खानेकुरा एकै भाँडोमा । स्यान्डविच जस्तो खानेकुरा ल्याए केहीमा विफ राखेर केहीमा चिज राखेर । एउटै थालमा । छान्दै खाँदै गर्नु पर्ने अवस्था आयो । विकल्प थिएन त्यसै गरें । जिरो सुगर पेप्सी पनि पाइदो रहेछ । त्यही पिएँ ।
दिउँसोका खाना पछि एक वहस कार्यक्रम राखिएको थियो । यो संवाद कार्यक्रम एक टेलिभिजनले सञ्चालन गरेको थियो । इच्छा अनुसारको स्टलमा घुमेर अन्तरक्रिया ग¥यौं । त्यहाँका उपकरण हाम्रो लागि धेरै उपयोगी देखिएन । भुगोल र हाम्रो कृषिको आकारले गर्दा ती उपकरण हाम्रा तिर धेरै काम लाग्दैनन् जस्तो लागेको छ । घुमघाम पछि हामी वस चढेर त्यहाँवाट हिड्यौं ।
आजको हाम्रो अर्को गन्तव्य थियो, वाइन टेष्टिङ पार्टी । एक संस्था विएएसएफले यसको प्रायोजन गरिदिएको थियो । नेपालको पुरानो राणाको दरवार जस्तो घरको अगाडी गएर हाम्रो बस रोकियो । हामी ठुलो कम्पाउन्ड भएको त्यो घरमा छि¥यौं । फोटो खिच्यौं । सामुहिक र व्यक्तिगत फोटो अफिसियल रुपमा खिचियो ।
हाम्रो वाइन टेस्टीङ पार्टी सुरु भयो । हाम्रो टेवलमा विभिन्न किसिमका वाइन खाने ग्लासहरु आए । पहिला एक सानो खाल्कोमा वाइन राखिदिए । अनी त्यो वाइनको विषयम एक जना व्यक्तिले आकर्षक प्रस्तुती गरी व्याख्या गरे । वाइनको इतिहासैं वताए । अनी चियर्स गरी सवैले खाए । सितन पनि चाहियो । म हिन्दु, माछा खान्छस् ? भने मैले खान्छु भने । ल्याइदिए । स्वाद खासै थिएन तैपनि खाएँ । पेट जो भर्नु छ । आज वेलुकाको खाना थिएन । यहि नैं हो । पहिलो चरणको वाइन सके पछि फेरी दोस्रो चरण अर्कै खालको । त्यसै गरी अर्को ग्लासमा हाले । अनी फेरी त्यसको वारेमा विफ्रीङ, चियर्स, पिउने काम भयो । यस्तो ७ पटक चल्यो । अर्थात ७ प्रकारका वाइन चाख्ने कार्यक्रम रहेछ । कतिपयले त्यतीले पनि पुगेनछ । फेरी थप मगाएर खान थाले । त्यो वेलामा चाँही मैले सोधें कति पर्छ यो वाइनको भनेर । हाम्रो तिरको एक पेग जतीको २० देखि २५ यूरो पर्दो रहेछ । त्यो के को वाइन हो त्यसमा भर पर्दो रहेछ । महँगैं हो ।
वेलुका ९ वजे तिर फेरी हामी वसवाटै हामी सुत्ने होटलमा आयौं । घाम त मस्तै लागिराखेको थियो । कोठामा पुग्यौं । सुत्यौं ।
हाम्रो औपचारिक कार्यक्रमको तेस्रो दिन विहानै बायर भन्ने कम्पनीको ल्याव तिर लाग्यौं । हामीलाई त्यहीको रेष्टुरेन्टमा खाजाको व्यवस्था गरेको थियो । खाजाका विभिन्न परिकारहरु थिए मजाले खायौं । तर यहाँको खानामा अमिलो पिरो नपाइने । जर्मन वसौंञ्जेल नेपाली पाराको अमिलो पिरो खान पाइएन ।
बायरको ल्याव अनौठो नैं लाग्यो । हाम्रो तिरको नर्सरी भन्दा हुन्छ । विरुवा उत्पादन गर्ने ठाउँ । तर बायर एक पव्लीक कम्पनी रहेछ । जहाँ ६०० भन्दा वढि वैज्ञानिक जागिरे छन् रे । अनी ४०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । जर्मनमा १९५० सम्म २५ प्रतिशत किसान थिए रे अहिले १ प्रतिशत मात्रै । यो डाटा अनौठो नैं थियो । मैले किन यस्तो भयो भने सोधें । उत्तर नेपालको जस्तै पाएँ । कृषिमा कडा मेहनत गर्नु पर्दछ त्यसैले कृषि आकर्षण देखिएको छैन रे । यो कम्पनीको मूख्य मोटो नै साइन्स फर अ वेटर लाइफ भन्ने रहेछ । यहाँ विरुवा उत्पादन हुने रहेछ । विउवाट विरुवा उत्पादनको कार्यमा सवै रोवर्ड वा मेसिनले काम गर्ने । मान्छेले किन नगरेको भन्ने मेरो प्रश्नमा, मान्छेले छोए त भाइरस सरिहाल्छ नी भन्ने जवाफ पाएँ । करिव ४ घण्टा जतीको भ्रमण र अन्तरक्रिया पछि हामी होटलमा फर्कियौं । हाम्रो नियमित छलफलमा जुट्यौं । क्रमसः