काठमाडौं क्षेत्र नं. २ मा पुराना नेताबाट भड्किएका भोट कुन्तीको पोल्टामा

Uncategorized

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन ११ बाँकी रहँदा उम्मेदवारहरु आफ्नो चुनावी क्षेत्रमा प्रचारप्रसारलाई तीब्र रुपले अगाडि बढाएका छन् । त्यसैमेसोमा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधि सभा उम्मेदवार बनेकी राप्रपाकी केन्द्रीय कुन्ती पोख्रेलले पनि आफ्नो प्रचारप्रसारलाई आक्रामक बनाएकी छिन् ।

उनले घरदैलो, कोणसभा र छुट्टैछुट्टै भेटेर आफूलाई ‘हलो’ मा भोट दिइ विजयी गराउन आग्रह गरेकी छिन् । पोख्रेलले काठमाडौं महानगरपालिका वडा नम्बर ३२ अन्तर्गत कोटेश्वर, तीनकुने, सुविधानगर, गैरीगाउँ र सिनामंगलमा आज घरदैलो तथा मतदातासँग भेटघाट कार्यक्रम गरेकी छिन् । घरदैलो तथा भेटघाट कार्यमा जाँदा मतदाताहरु उत्साहित भएर आफ्नो स्वागत, सत्कार गरेको उनी बताउँछिन् । पोख्रेलले यसरी स्थानीयबाट पाएको समर्थनबाट आफूले चुनाव जित्ने पक्का भइसको भन्दै खाली निर्वाचन प्रक्रियाको लागि मात्रै मंसिर ४ कुर्नुपर्ने बताएकी छिन् ।

उनले घरदैलोका क्रममा आफूले चुनाव जितेपछि गर्ने काम र जनताका आवश्यकताबारे पनि चासो राख्ने गरेको बताइन् । उनी बताउँछिन्, ‘मैले भोट माग्ने क्रममा स्थानीयसँग तपाईंहरुका चाहना के छन् ? भनी प्रश्न गर्दा, ‘उनीहरुले पहिला भोट माग्न आउनेहरुले पनि यसैगरी तपाईंहरुका चाहना के छन् भनी सोध्ने गरेका थिए तर चुनावपछि फर्केर आएनन् भन्ने गरेको बताइन् । यसरी चुनावका बेला मात्रै भए÷नभएका आश्वासन दिने अनि चुनावपछि फर्केर नआउने ।

यो क्षेत्रमा पटक–पटक बाहिरका उम्मेदवार भोट माग्न आउने कारण जनता दिकदार भएको पाइन्छ । पोख्रेलको घरदैलो कार्यक्रममा सहभागी स्थानीयले भने, ‘सधैं अन्यत्रबाट आएर चुनाव लड्ने अनि चुनाव सकिएपछि उनीहरलाई कतै नभेटिने भएकाले यसपटक हामीले पार्टी र सिद्धान्त भन्दा पनि स्थानीय व्यक्ति त्यो पनि नयाँ युवा उम्मेदवार छान्ने विचार गरेका छौं ।’ उनी यति भन्न नभ्याउँदै अर्का सहभागीले भने, ‘मैले हरेक निर्वाचनमा नेपाली कांग्रेसलाई भोट दिने गरेको हो ।

तर, यसपटक कांग्रेसले गठबन्धनको नाममा माओवादीलाई समर्थन गरेको छ । त्यसकारण यसपटक मत परिवर्तन गर्ने सल्ला भएको छ । परिवर्तनको नारा बोकेर समाजसेवा गर्दै आएकी राप्रपाकी नेतृ कुन्ती पोख्रेललाई दिने ।’ उता सुविधानगर, तीनकुनेका मतदाता भन्छन्, ‘आफूलाई ठूला पार्टीका ठूला नेता भन्नेहरुले पटक–पटक भोट पाए, सत्तामा पुगे तर तीनकुनेको समस्या समाधान गर्न त जहाँसुकै जाओस् कुरासम्म उठाएनन् ।

राप्रपाकी कुन्ती पोख्रेलले आफूले समाधान गर्ने प्रतिवद्धता जनाएकी छिन् यसपटक उनलाई भोट दिने हो ।’ भेटकै क्रममा कोटेश्वरका स्थानीय भन्छन्, ‘म २०४८ सालदेखि नेकपा एमालेलाई भोट दिँदै आएको व्यक्ति हुँ, यहाँबाट पटक–पटक तत्कालीन महासचिव तथा पूर्व प्रधानमन्त्री माधवकुमार चुनाव लड्नुभयो । पदमा पनि पुग्नुभयो तर क्षेत्रको विकास निर्माण र कार्यकर्ताको मनोभावना अनुसार पटक्कै काम गर्नुभएन ।

उहाँको यही घर छ तर आफ्नै टोलमा पनि आइपरेका काम गर्नुभन्दा आफ्ना आसेपासे र नातागोताको काममा व्यस्त हुनुभयो । त्यसकारण यसपटक हामीले आफ्नो मत परिवर्तन गर्न लागेका छौं । त्यसरी मत परिवर्तन गरिरहँदा परिवर्तनको विचारसहित समाजसेवाबाट आएकी कुन्तीलाई मत दिने हामीले निर्णय गरेका छौं ।’ अ

र्का स्थानीय भन्छन्, ‘म माओवादीको सक्रिय कार्यकर्ता थिएँ । २०६४ सालको संविधानसभा निर्वाचनमा झक्कुप्रसाद सुवेदीलाई जिताउन दिनरात नभनी लागियो । उनले चुनाव पनि जिते तर चुनावपछि हामीजस्ता कार्यकर्ताको खोजिसमेत गरेनन् ।

अहिले फेरि रोल्पाबाट ओनसरी घर्ती आउनुभएको छ । उहाँसँग त हाम्रो झन् पहुँच नै पुग्दैन त्यसकारण हाम्रो पहुँच पुग्ने नेतृ कुन्तीजी समाजसेवाबाट आउनुभएको छ, उहाँलाई दिने हो यसपटकको भोट । म उहाँलाई भोट मात्रै होइन राम्रै सहयोग गर्ने छु ।’ यसरी गठबन्धनभित्रकै अधिकांश कार्यकर्ता तथा मतदाताबाट सहयोग गर्ने आश्वासन पाएपछि कुन्ती पोख्रेल उत्साहित भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *