राजतन्त्र र पञ्चायत काल खण्ड नेपाली राष्ट्रियताको लागि सबै भन्दा उत्तम काल खाण्ड हो । सोअवधिमा नेपाली राष्ट्रवादले ठुलो महत्व पाएको थियो । नेपालमा राष्ट्रवादी सहित्य, कला, साँस्कृति, गीत आदिको विकास यसै अवधिमा मात्रै भएको देखिन्छ । यो दृष्टिकोणबाट हेर्दा बहुदलिय काल खण्ड सबै भन्दा निःकृष्ठ काल खण्ड भएको पुष्टी हुन्छ । बहुदलिय काल खण्डमा नेपाली राष्ट्रवाद सबै भन्दा कमजोर भएको देखिन्छ । यो अवधिमा नेपालको राष्ट्रवादी सहित्य, कला, साँस्कृति, गीत आदिको भण्डारमा कुनै नयाँ कृतिहरु थपिएको छैन । व्यक्ती र वृत्ती विकासको हिसाबले यो अवधिलाई नेपालको साह्रै नै कमजोर अवधि मान्न सकिन्छ । सात दशक लामो अवधि सम्म दलका नेताहरुले राजतन्त्र र पञ्चायत राष्ट्रवादका बिरुद्ध संघर्ष चलाएका थिए ।
बिद्रोहका गीतहरु र साहित्यहरुको निर्माण यहि अवधिमा भएको मानिन्छ । मञ्जुल, रायन र जेबी टुहुरे जस्ता बिद्रोही साहित्यकार, गीतकार यवम् कलाकारहरुको उदय नेपालको क्षितिजमा यहि अवधिमा भएको हो । बिद्रोही हाँस्य कलाकारहरुमा मह जोडीलाई अग्रनी मानिन्छ । उमेरले सात दशक पार गरी सकेका दलका शीर्ष नेताहरुको उदय पनि यहि अवधिमा भएको हो । भ्रान्ती फैलाएर वा अन्य कुनै उपायले दलका नेताहरुले नेपाली जनतालाई आफ्नो पक्षमा ल्याएर तत्कालिन अवस्थामा बलियो रुपले स्थापित भएको राजतन्त्र र पञ्चायतको विपक्षमा उभ्याउने सफलता पाएका थिए ।
बिचबिचमा घटेको संघर्षको श्रृङ्खलाहरु पनि अनेक छन जसमा परि ज्यान गुमाउनेहरुको सूचि पनि छोटो छैन । धेरैले दिएको यस्तो वलीदानी कै कारण दलहरुको प्रभाव नेपालको राजनीतिमा तत्कालिन राजनीतिक व्यवस्थालाई नै फाल्न सक्ने गरी बढेको थियो । यहि सत्यतालाई बुझेर तत्कालिन राजतन्त्र र पञ्चहरुले सत्ताको बागडोर दलहरुलाई सजिलै सित बुझाएका थिए । यो राजनीतिक परिवर्तन नेपालमा ल्याउनको लागि अन्तर्राष्ट्रिय परिस्थिति र दबाबको के भूमिका थियो भन्ने बारे छुट्टै चर्चा परिचर्चा र अध्ययन अनुसन्धानको बिषय बनाउदा ज्यादा उपयुक्त हुन्छ । अहिलेलाई सत्ता पाएपछि दलहरुमा आएको परिवर्तन र विसंगती अनि त्यसबाट नेपालको राजनीतिमा परेको प्रभाव कै चिरफार गर्दै अगाडि बढ्ने बिषय वस्तुहरुमा ध्यान केन्द्रित गरिएको छ । सर्वप्रथम त दलहरुले नेपाली जनतालाई आफ्नो पक्षमा ल्याउनका निमिक्त कैयौं झुट्टा अश्वासनहरु बाँडेका थिए जुन अहिले दलहरुले कुनै पनि हालतमा पुरा गर्न सक्दैन । भ्रम फैलाउनको साथ साथ झुट्टा अश्वासनहरु अहिले राजनीतिक दोगलापनको रुप लिएर सतहमा उभरिएका छन् ।
पहिलो चरणमा यहि नै दलका नेताहरुको लागि आफैले आफ्नो निमिक्त खनेका ठुला ठुला खल्टाहरुको रुपमा परिणत भईरहेकाछन । जसरी तसरी बिदेशीका दलालहरुलाई हरगुहार गरी नेपालमा संघियता र गणतन्त्र त दलहरुले ल्याए तर त्यसलाई पनि राम्रो सित सम्हाल्न नसक्दा बाँदरको हातमा परेको नरिवल झै सावित भईसकेको अवस्था कायम छ । बिदेशबाट नक्कल गरिएको संघियता र गणतन्त्रको शासकिय स्वरुप धेरै महंगो बनेको हुँदा त्यसलाई चलाउने खर्च धान्न कै लागि पनि नेपालको आयको स्रोतहरु प्रयाप्त छैन । त्यसले गर्दा शासन सत्ता नियमित रुपमा चलाउन कै लागि कुनै पनि नेपाल सरकार राष्ट्रिय ऋण लिन बाध्य छन । एकातिर यस्तो आर्थिक संकट बढाउने घाँडोको रुपमा संघियता र गणतन्त्र देखिएको छ भने अर्को तिर दलका शीर्ष नेताहरुको सुरुचीको विकासले नेपाल राष्ट्रको खर्च मात्रै बढाउँदै लगेको छ र आम्दानीमा सुको पनि थप भएको छैन । दलहरुको विकासको मोडेल पनि कस्तो छ भने पुरानो विकास पूर्वाधार भत्काएर त्यसको ठाउँमा नयाँ बनाउने ।
दलहरुको यस्तो विकास गर्ने नीतिले गर्दा पुरानो पूर्वाधार विकास परियोजनाहरुको शेष जीवन चक्र पुरा नभई खेर गईरहेका छन । साथै त्यस्ता पूर्वाधारहरुको काम अस्तव्यस्त तरिकाले भईरहेको र गरिएको हुनाले नेपाली जनतालाई देश भित्र आवत जावत गर्नको लागि पनि ठुलो कठिनाई व्यहोर्नु परीरहेको छ । यसरी पुराना पूर्वाधारहरुको रेजिडुयल लाईफ उपयोग नहुँदा खेर गएकाछन भने आम नेपाली जनताको जीवनयापनलाई पनि कस्टकर तुल्याएको अवस्थ नेपाल भर अहिले कायम रहेकोछ । विना फुलप्रुप तयारी बिदेशीको दबाबमा परी बनाएका पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तराष्ट्रिय विमानस्थल दुबै दलका शीर्ष नेताहरुको निकम्मापनको ताजा जल्दोबल्दो स्थापित उदाहरणहरु हुन् ।
विकास भनेको के हो भनी नबुझेका यस्ता दलका नेताहरुले नेपालको विकास गर्छौ भनी लगातार भनीरहनु पनि बेकारका वाईयात कुराहरु हुन । दलहरुले बनाएका यास्ता विकास पूर्वाधारहरु नै दलहरुको लागि दोस्रो चरणको ठुला खाल्डाहरु हुन जसलाई पूर्न अब नेपाली जनताले दलहरुको नै वली चठाउनु पर्ने दिन नजिक आएको महसुस भएकोछ । दलहरुको फजुल र वाईयातका विकास पूर्वाधारहरुले नेपाल राष्ट्रलाई नै कुरुप तुल्याईसकेको छ । नेपाल राष्ट्रलाई देव भूमि, तपोभूमि र वैदिक सनातनी हिन्दूधर्मको उद्गमस्थल भन्न पनि लाजै लाग्ने भईसक्यो । दलका नेताहरुले पूर्वाधार विकासको नाममा गरेको फोहरलाई सफागर्न त्यति सजिलो छैन किनकि त्यो कार्य गर्नको लागि धेरै ठुलो खर्च लाग्ने छ । सामाजिक र आर्थिक विकासको क्षेत्रमा त झनै दलका नेताहरुको मनपरी हस्तक्षेपले उथल पुथल नै पारी दिएको छ । परपूर्व काल देखि नङ र मासु झै मिलेर बसेका जातजातीहरुमा धर्म परिवर्नले गर्दा ठुलो बिभाजन आईसकेको छ ।
गाउँ घरमा हाकाहाकी गाईगोरू काटी खाने चलन व्यापक भएकोछ । गाईगोरुहरु बुढो भयो कि जंगल तिर धपाएर लगी काटी खानेहरुको जगजगी बढेको छ । जोत्नको लागि पालेकै गुरुहरु पनि राती आएर फुकाली धपाउँदै लगेर जंगल भित्र खोल्चा खोल्चीमा पुर्याएर रातभरमा साफ पार्ने चोरहरुको विगविगी गाउँघरमा थेगी नसक्नु भएको छ । यस्तै हालत गाउँघरमा चल्दै रहने हो भने पुर्खौली थलोलाई समझेर गाउँघर तिर छिर्न पनि सकिने छैन ।
परम्परा देखि चल्दै आएको बाबु बाजेको काजक्रिय र श्राद्ध केही गर्नु नपर्ने भएपछि स्थानिय बासीहरु इसाई धर्म तिर लागेका छन । गाउँ गाउँमा बनेका चर्चहरु त्यस मार्फत स्थानिय जनतालाई धर्म परिवर्तन गर्नको लागि बढेको दबाब थेगी नसक्नु भईसकेको छ । एक छाक मासु भात टन्न पेटभरी खान कै लागि दलका नेताहरुलाई चुनावमा भोट हालेका नेपाली जनता अब संधै पेट भरी मासुभात खान पाउने अश्वासन इसाई धर्मगुरहरुबाट पाएपछि नेपाली जनता दंग बनेर त्यतै तिर लागेकाछन । दलका नेताहरुको लापरवाहीले नेपाली समाजलाई यसरी खण्डित तुल्याईदिएका छन यो चिरा अब फैलिदै गएर पुरै राष्ट्रलाई नै चिरा चिरा पार्ने निश्चित देखिन्छ । दलहरुले वैदिक सनातनी हिन्दूधर्मलाई फालेर त्यसको ठाउँमा धर्मनिरपेक्षता लागु गरेपछि नेपालमा यस्तो ठुलो सामाजिक धार्मिक बिखण्डन आएर दलहरुलाई पुर्ने खाल्डोको रुपमा परिणत भएको छ ।
नेपाली जनता अब वैदिक सनातनी हिन्दूधर्मको वापसीको साथै राजतन्त्रको वापसी पनि चाहन्छन् । हिन्दूधर्म र राजतन्त्र एक आपसमा जोडिएको बिषय भएको हुँदा यसलाई फरक रुपम लिन वा हेर्न मिल्दैन । नेपाली जनताको आत्मा बनीसकेको हिन्दूधर्म र गौरवमय इतिहास भएको राजतन्त्रलाई राजनीतिको बिषय बनाएर दलहरुले आफ्नो लागि आफैले अपुरणीय क्षती कमाएकाछन जसको लागि दलहरु कुनै न कुनै समयमा जबाफदेही नबनी सुखै छैन । राम्रै आर्थिक उन्नति गरीरहेको शेख हसिनाको सरकारको हालत अहिले बंगलादेशमा के भयो भन्ने कुरालाई दलहरुले भुल्नु हुँदैन ।
त्यसको तुलनामा हेर्दा नेपालका दलहरुले नेपालको अर्थतन्त्रलाई संकटमा पारेकाछन । नेपालको आर्थिक शंकट टरेको छैन यदि समय नघर्की नेपालको अर्थतन्त्रलाई सम्हालेर सही मार्गमा ल्याउन सकिएन भने नेपाल कुनै पनि बेला टाट पल्टिन सक्छ । नेपालको कुल अर्थतन्त्र बराबर हुनको लागि वा उछिन्न कै लागि लगातार बढीरहेको राष्ट्रिय ऋणको भारले सबैलाई झस्काई रहेको नै छ । यस्तो जता हेर्यो उतै ठुलो खाल्डो दलका नेताहरुले पालैपालो सत्ता चलाएर बनाएका छन । त्यो खाल्डोहरुलाई पुर्ने कसरी र कल्ले पुर्ने हो भन्ने बारे कुनै निधो छैन ।
दलहरुका शीर्ष नेताहरुको उमेर ढल्की सकेको भएतापनि सत्ता प्रतिको मायामोहमा अलिकति पनि कमी आएको वा भएको अनुभूति हुँदैन । राज्य सत्ताको भोग गर्ने लालस र वंयसले दलका नेताहरु आफुलाई उनमुत्त भैरव कै अमर अवतार ठानी रहेकाछन । दलहरुको अर्थनीति कार्य योजनामा सामानजस्यता पटक्कै छैन । आफ्नै सुरुची अनुसारको नियमावलीहरु बनाएर उदारवादी स्वतन्त्र बजार अर्थतन्त्रको मुल्य र मान्यता अनि सिद्धान्त बिरुद्ध गएर नेपालको कमजोर अर्थतन्त्रलाई झन कमजोर बनाउने क्रियाकलाप निरन्तर बढाई नै राखेकाछन ।
दलहरुको राजमा विधिविधानको शासन व्यवस्थाले भन्दा पनि मनमौजी र तजबिजी नियमावालीहरुले महत्व पाईरहेका छन । यसरी दलहरुले जता हेर्यो उतै ठुलो खाडलहरु बनाएका छन त्यसकारण त्यसलाई पुर्नको निमिक्त अब नेपाली जनताले दलहरुको नै वली चढाउने दिन नजिकिएको देखीरहेका छन । दलहरुका बिरुद्ध सडक आन्दोलनले बिस्तारै गति लिन थालेको छ । दलहरु सुध्रिएर गएमा यस्तो सडक आन्दोलनले भयवह रुप नलिन पनि सक्छ । तर दलहरुले सडक आन्दोलनको चिंगारीमा पानी खन्याउन खोजेमा त्यसले बिनासकारी रुप ग्रहण गरी दलहरु माथि जाईलाग्ने पक्कापक्की छ । आफैलाई पुर्ने खाल्डोहरुको निर्माण आफैले गर्ने मूर्खता दलहरुले नत्यागेमा पछि फुर्सदमा पछुताउनु पर्ने हुन्छ भन्ने कुरा कहिले पनि नभुलौं ।