ananta gurung

विपद व्यवस्थापनमा ओली सरकार चुक्यो

राजनीति लेख

प्राकृतिक विपद कहिले पनि पूर्व सूचना दिएर आउँदैन । त्यसकारण प्राकृतिक विपदको प्रभावकारी व्यवस्थापन गर्नको लागि नेपाल सरकार हरहमेसा तयार रहनु पर्दछ । नेपाली जनताको जीउधनको सुरक्षा र संरक्षणको प्रत्याभूति गर्ने प्रथम दायित्व नेपाल सरकारको नै हो । तर यसपालि त्यो दायित्व पुरा गर्नको लागि नेपाल सरकार नराम्रो सित चुकेको छ । नेपालको मौसम बिभागले पहिले नै त्यस्तो प्राकृतिक विपद आउन सक्ने चेतावनी दिएको भएता पनि त्यसको व्यवस्थापन गर्नको लागि सरकारी तयारी एकदमै फितलो देखियो ।

बेलाको हिसाबले असोज महिना लागीसकेको र दशैको मुखैमा यति ठुलो प्राकृतिक विपद आउने अनुमान कसैले पनि लगाउन सकेन । यो भन्दा पहिले विगतको धेरै बर्ष देखि यस्तो ठुलो घटना कहिले पनि नभएको कुरा भुक्तभोगीहरुले बताउने गरेकाछन । प्रधानमंत्री ओली १५ दिने अमेरिका भ्रमणमा गएको र उहाँको अनुपस्थितिमा माननिय श्री प्रकाशमान सिंह कार्यवाहाक प्रधानमंत्री भएको बेलामा यस्तो प्राकृतिक विपद नेपाल राष्ट्र र नेपाली जनता माथि आईलाग्यो । यस्तो प्राकृतिक विपद व्यवस्थापनको लागि तालुक मंत्रालय गृह्य मंत्रालय नै हो । माननिय गृह्यमंत्री लेखक भुँईमान्छेहरुको नेता र नाफाखोर दलाल तस्कर व्यापारीहरु र व्यवसायीहरुको प्रखर बिरोधी उदियमान नेता श्री दुर्गा प्रसाईलाई तह लगाउने कार्यमा व्यस्त थिए ।

त्यसै गरी उहाँ माननिय श्री रबि लामिछानेलाई सहकारीको मुद्दामा फँसाउने कसरतको तानामाना बुन्नमा व्यस्त रहेका थिए । कार्यवाहाक प्रधानमंत्री माननिय श्री प्रकाशमान सिंह श्रेष्ट भने बाल मन्दिरको घरजग्गाको घोटला गरेकी आफ्ना दिदी रीता वैद्यलाई कानुनी कार्यबाहीबाट बचाउने प्रयासमा लागी रहेका थिए । समग्रमा भन्दा ओली सरकार त्यो बेला लोकप्रिय रबि, बालेन र कुलमान जस्ताहरुलाई कसरी प्रायोजित मुद्दाहरुमा फँसाएर जेल हाल्ने र पदमुक्त पार्ने भन्ने जनबिरोधी खेलमा निरन्तर लागी नै रहेका थिए । कार्यवाहक प्रधानमंत्री बाँदरको पुच्छर नलौरो नहतियार जस्ता मात्रै हुन । लौहपुरुष स्वर्गिय लोकनेता श्री गणेशमान सिंह श्रेष्टको पुत्र भएको हुनाले मात्रै उहाँ अहिले सम्म नेपालको राजनीतिमा काग्रेसी भएर गरी खाँदैछन नत्र अन्य राजनीतिक हैषियत उहाँको केही देखीएको छैन । त्यसै गरी गृह्यमंत्री पहिलो चोटी बनेका माननिय लेखक पनि यस्तो पदको दायित्व पुरा गर्नमा अनुभवहिन छन । राजनीतिक चलखेलले गर्दा उहाँको तालुमा गृह्यमंत्रीको आलु फलेको मात्रै हो नत्र उहाँ सित कुनै त्यस्तो पदमा बसी कार्यगरेको पूर्व अनुभव छैन ।

अहिले नेपाल सरकारको गृह्यमंत्री भईसकेपछि पनि उहाँ त्यस्तै राजनीतिक प्रतिसोध लिने र जालझेल गर्ने कार्यमा मात्रै व्यस्त रहेको देखिन्छ । यस्तो प्राकृतिक विपद व्यवस्थापन गर्नको लागि उहाँ सित कुनै पूर्व अनुभव नहुनु त स्वाभाविक नै मान्न सकिन्छ तर उहाँ भित्र साहास, हिमम्मत र उत्साहको पनि कमीरहेको देखियो । प्राकृतिक आपद विपद कुनै झ्याली झ्याम्टा बजाएर नआउने भएको हुँदा त्यसको प्रतिकार व्यवस्थापन गर्न नेपाल सरकार हरहमेसा तयारीमा रहनु पर्दछ । त्यसको व्यवस्थापन गर्नकै लागि प्रधानमंत्री विपद व्यवस्थापन कोषको पनि व्यवस्था गरिएको हो । पर्दाखेरी मानिसले हिरा फोर्न सक्नु पर्दछ भन्ने त कहावत नै छ । यस्तो विपदको बेलामा पनि त्यस्तो कोषको उपयोग गर्न नसक्नु लाचारी मात्रै हो । असोज महिनामा साधारणतय यस्तो घटना हुँदैन अथवा विगतमा भएको छैन भन्दैमा नेपाल सरकारले त्यसको लागि सामान्य तयारी पनि नगरी बस्दा नेपाल राष्ट्र र नेपाली जनता माथि अचानक आईपरेको प्राकृतिक विवदको प्रभावकारी व्यवस्थापन हुनसकेन परिणाम स्वरुप ठुलो मात्रामा नेपाली जनताको जीउधनको नोक्सानी हुनपुग्यो र नेपाल सरकार त्यसको वचाव गर्नको लागि नराम्रो संग चुक्यो । अहिले सम्म प्राप्त जनकारी अनुसार नेपाल भर लगभग २०० नेपाली जनताको ज्यान गईसकेको छ भने कैयौं वेपत्ता छन । सरकारी उद्धार कार्य प्रभावकारी ढंगले अहिले सम्म हुन नसक्दा हालत झनझन नाजुक बन्दै गएको देखिन्छ । संघिय राजधानी काठमाण्डौबाट बाहिर जाने सबै राजमार्गहरु अहिले सुचार छैनन् । दशैको मुखैमा यस्तो आपद विपद आईलाग्दा नेपाली जनताको लागि यसपालिको दशै रमाइलो नभएर वासतवमा दशा सावित भईसकेको छ । नेपाल भरी कै महत्वपूर्ण राजमार्गहरुलाई जोड्ने ८ वटा ठुला पुलहरु भलबाडीले बगाएका छन ।

अब उक्त पुलहरुको पुनरनिर्माण गर्न भने जस्तो सजिलो छैन । प्रशस्तै लगानी, मानवशक्ति र समय खर्च हुनेछ । अहिले पनि काठमाण्डौ जोड्ने राजमार्गहरुमा ठुलो संख्यामा गाडीहरु अलपत्र परी बसेकाछन । धेरै ठाउँमा ठुला पहिरोहरु गएको हुँदा र समयमा उद्धार कार्य हुन नसक्दा गाडीहरु र त्यसमा सवार व्यक्तिहरु आपद विपदमा छन । त्यसरी अलपत्र परेका यात्रीहरुलाई गाँस बासको पनि ठुलै समस्या भएको जानकारीमा आएको छ । केही बिरामी बोकेको एम्बुलेन्सहरु पनि त्यसरी नै रोकिदा त्यसमा सवार गम्भिर बिरामीहरु मुस्किलमा छन । केही ठाउँमा त्यस्ता गम्भिर खाले बिरामीहरुको एम्बुलेन्समा नै मृत्यु भईसकेको समेत खवर सुन्नमा आएको छ । नेपाली जनताहरु यतिबेला पीडितहरुको समयमा उद्धार गर्न नसक्दा नेपाल सरकार देखि धेरै रिसाएका छन । नेपाल सरकारका कार्यबाहाक प्रधानमंत्री र गृह्यमंत्री राजिनामा दिनु पर्ने माग समेत गर्दैछन ।

एकदुई ठाउँमा स्थानिय दलका नेताहरुलाई पीडितका परिवारजन र गाउँलेहरुले ढुंगामुढा गरी भगाएको दृश्य सहितको घटना पनि सार्वजनिक भएकाछन । प्रधानमंत्री ओली हिजो सोमवार बेलुकी मात्रै आफ्नो बिदेश भ्रमण सकेर नेपाल आईपुगेका छन । उहाँले जिम्मा दिएर राखेकाहरुले आफ्ना परिवारजनहरु माथि लागेका पुराना मुद्दाहरु मिलाउन र ढुस पार्नको लागि मात्रै आफ्नो समय खर्चेकाछन । घरको छानाम उद्धारको लागि कुरी बसेकाहरुले २४ घण्टा बित्दा पनि सहायता नपाउँदा खोलाले बगाएर मारिएका छन । भविष्यमा फुटवल स्टार बनेर नेपाल राष्ट्रको नाम रोशन बनाउनको लागि कलिलो उमेर देखि नै तयारीमा लागेका बालकहरु बिनाकारण मारिएका छन । नेपालमा खोला बाढी र पहिरोको प्रकोपहरु बढ्नुमा प्राकृति र मौसम परिवर्तनलाई मात्रै द्वोष दिएर पुग्दैन । त्यसको लागि नेपाल सरकारको काम गर्ने गराउने निकायहरुको कार्यशैली पनि केही हदसम्म जिम्मेवार छन । प्राकृति माथि भएको मानविय हस्तक्षेप कै कारण नेपालमा यस्तो बिनास लिलाहरु दोहर्याई तेहर्याई हुने गरेकाछन ।

त्यसकारण नेपालको सरकारी निकाय खासगरी सडक बिभागले आफ्नो कार्यशैली भनौ वा कार्यप्रणालीलाई नै बदल्नु पर्ने खाँचो टडकारो रुपमा उजागार भईरहेकाछन । राजमार्गको भूगोल नहेरी जतापायो उतै सडकहरु चौडा पार्ने गरेकाले काठमाण्डौ देखि पोखरा जाने, मुगलिन देखि नरायणघाट जाने र नरायणघाटबाट बुटवल जाने राष्ट्रकै मुख्य राजमार्गहरुको बिजोग छन । जताततै पहिरोहरु गएकाछन र दशैको मुखमा यात्रा गर्नको लागि साह्रै नै कठिन भईरहेको अवस्था छ । काठमाण्डौ नजिकैको सुर्यविनायक देखि धुलीखेल र त्यसपछिको ५ किलोमिटर अरनिको राजमार्गको खण्ड पनि ज्यानमारा नै सवित भईरहेकोछ । यात्रुहरु त्यो कस्ट छल्न कै लागि कुन्तावेसीको घुमाउरो मार्गबाट पनि पूर्वतिर जाने गर्दै आएकाछन । सडक बिभागले ठेका लगाउने तर त्यसपछि निर्माण अवधिमा वास्ता नगर्ने गरेकाले नेपाल भरी राजमार्गहरुको यस्तो दरावस्थ भएको हो ।

कतीपय सडकहरुको राम्रै रेजिडुयल लाईफ हुँदाहुदै पनि भत्काएर बनाउँदा लगानीको पनि निकै दुरुपयोग भएकोछ । विश्व बैंक र एशियाली बिकास बैंकले नेपाल राष्ट्र र नेपाली जनतालाई ऋण बोकाउन फालेको चारोमा नेपालका राजनीतिक दलका नेताहरु सडक बिभागका निजामती हाकिमहरु झुम्मिएका छन । अनुदानको लोभ देखाएर लिने गरेका बिदेशी ऋणहरु वास्तावमा भन्नु पर्दा अनुदान नै दलका नेताहरु र सडक बिभागका निजामती हाकिमहरुलाई बिदेशीले फालेको चारो हो । त्यो अनुदान भित्र जिन्सी सहयोग, प्राविधिक सहयोग, बिदेश भ्रमण र तालिम अनि सभा समरोग गोष्टीहरु समावेस गरिएका हुन्छन । नयाँ गाडी किन्न र चढ्न कै लागि राजनीतिक दलका नेताहरु र सडक बिभागका निजामती हाकिमहरु हानाथाप गर्दै आएकाछन । दलका नेताहरु र निजामती कर्मचारीहरुका यहि लोभ लालचले गर्दा नेपाल राष्ट्र र नेपाली जनता सार्वजनिक बिदेशी ऋणको पाँसोमा नराम्रो सित परिसकेको अवस्था छ ।

अहिले नेपालका सडकहरुमा पहिरो गएर नेपाली जनता कै ज्यान जानुमा तिनै दलका नेताहरु, निजामतीका हाकिमहरु र बिदेशी बैंकहरुको दलालहरु मुख्यरुपले जिम्मेवार छन । नेपाल राष्ट्र र नेपाली जनताको आवश्यकता नेहेरी बनाएका बिकास पूर्वाधारका संरचनाहरुले नै नेपाली जनताको अकालमा नै ज्यान लिन थाल्नु दुर्भाग्यपूर्ण कुरा हुन । विपदमा परेका नेपाली जनताको उद्धार गर्नु त कता हो कता हो नेपाल सरकार नोक्सानीको फेहरिस्त लिएर पहिले नै विश्व बैक र एशियाली बिकास बैंकको कार्यालयहरुमा पुगेको खवरले सामाजिक सञ्जाल तातिन थालीसकेको छ । नसक्ने दलहरुले नेपाल सरकार चलाउन किन खोज्नु ? चलाउँछौं भनेर पुरानो नेपाल सरकार ढालीसकेपछि नयाँ नेपाल सरकारलाई प्रभावकारी ढंगले चलाउने प्रयास गर्नुपर्छ ।

नेपाल सरकार छ छैन भन्ने कुराको अनूभुती नेपाली जनतालाई नेपाल सरकारले आफ्नो कामहरुबाट दिन सक्नु पर्छ । महको वरिपरि झिंङा घुमेझै दलका नेताहरु भ्रष्टाचार र आर्थिक अपराधकै वरिपरि घुमेर बसी कती दिन काम चल्छ ? पुरानो कामहरुबाट प्रधानमंत्री ओली बदनाम छन अब थप बदनाम हुने वातावरण तयार हुँदै गएको देखिन्छ । स्वर्गिय पूर्व प्रधानमंत्री मनमोहन अधिकारी ९ महिना सत्तामा बसेर जति काम गरी देखाए त्यसको बराबारी अहिले सम्म पटक पटक प्रधानमंत्री भएकाहरु कसैले पनि गरी देखाउन सकेका छैनन् । त्यसकारण लामो समय सत्तामा बसेर मात्र प्रख्यात भइन्न त्यसको लागि राम्रो कामगरी नेपाली जनताको मनमष्तिकमा अमिट छाप छाड्ने प्रयास हुन जरुरी हुन्छ । प्राकृतिक आपद विपदहरु चुनौती मात्र हुँदैन त्यो नेपाल सरकारको लागि नेपाली जनताको मन जित्ने गरी कामगर्ने अवसर पनि हो । तसर्थ वर्तमान सरकारले सोअवसर गुमाएर ठुलो मूर्खता गरी देखाएको भनी राख्नु पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *