रविको सारथी प्रहरी नै

राजनीति समाचार

काठमाडौं । चाहे कलाकार श्रीसा कार्कीको मृत्युसँग जोडिएका घटना होस् वा सूर्यदर्शन सहकारीसँग जोडिएको घटना प्रहरीका उच्च तहका अधिकृतहरु कतै प्रत्यक्ष सहभागी भएर वा कतै अपराधसँग जोडिएका व्यक्ति र प्रवृत्तिलाई जोगाएर विवादमा पर्छन । आफै मिटर ब्याजमा पैसा लगाएर सिन्धुपाल्चोकमा भोजबहादुर थापामाथि शोषण गर्ने नवराज सिलवाल एमालेका सांसद नै भए । उनले थापाको चितवनमा भएको जमिन हटपेका थिए । प्रहरी बर्दीको बलमा नवराजले भोजबहादुरलाई धम्क्याउँदा उनी काठमाडौं परिसर हुँदै सीआईीमा पुगेका थिए ।

पूर्व डिआईजी छविलाल जोशी, रवि लामिछाने प्रकरणमा जोडिएका कारण पक्राउ परेका हुन् । ग्यालेकसी फोरके टेलिभिजनमा जिवी राईसँग जोडिएका जोशीको पक्राउले आफैंले जगाएको किर्ते पासपोर्ट र नागरिका काण्डले ग्रस्त रास्वपाका सभापति रवि लामिछाने आतंकित छन् । पुडासैनी हत्या दुरुत्साहन काण्डले चितवनमा प्रहरीबाट थुनिँदा जितेको जनताको मनलाई उपचुनावबाट पनि जितेपछि पुन एमाले अध्यक्ष केपी ओलीको शरणमा परेर गृह तथा उपप्रम बन्दा आफ्ना गतिविधि प्रहरीमार्फत देखाउन सफल लामिछानेलाई आफ्नै चलाखीले कानून लत्याएको थाहा पाएनन्

प्रहरी आईजीपीबाट हटेपछि कोरोनाको समयमा जसपाका सांसद अपहरण गर्न खट्ने सर्वेन्द्र खनाल पनि विवादमै परे । एमालेले उनलाई संसदको निर्वाचनमा काठमाडौं ६ बाट उम्मेद्वार बनायो । जसको धरातल थिएन उनलाई पार्टीका पुराना कार्यकर्ताले सघाएनन् । चुनाव हारे । उनको चाहना नवराज सिलवाल सांसद भएकोले एमालेको पछि लाग्दा त्यो पद पाउँछु भन्ने थियो । उपचुनाव आयो, तनहुँ १ का रामचन्द्र पौडेल राष्ट्रपति भए । फेरि सर्वेन्द्र आफ्नै थलोतिर लागेर उम्मेद्वार भए । त्यहाँ रास्वपाका स्वर्णिम वाग्ले हारे ।

दरबार र मण्डलेहरुका यी पात्र र प्रवृत्ति लोकतन्त्रमा त्यही एमालेको पछि लागे । जहाँ अपराधबाट जोगिन्छ भन्ने भयो । सरकार सुशासन र समृद्धि भन्छ, तर एमाले अपराधीहरुलाई जोगाउँदै पैसा खान्छन् । अहिले रास्वपासँग जोडिएका पात्र र प्रवृत्तिहरु आतंकित छन् । मुकुल ढकाललाई महासचिवबाट हटाउने, डा.ढाकाराम श्रेष्ठलाई मन्त्री बन्न २ करोड मेडिकल माफिया दुर्गा प्रसाइँसग उठाउन लगाउने रवि नै थिए । यिनैले हो उपसभामुख इन्दिरा रानालाई अमेरिकी दूतावासमा ५ जना युवाका लागि अन्तर्वाता लिएर भिसा दिन पत्र लेख्न लगाएको पनि । हामी ठिक अरु भ्रष्ट भन्नेको ताल पनि त्यस्तै देखिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *