काठमाडौं । सेयर बजार साताको दोस्रो दिन सोमबार पहिलो एक घण्टामा सेयर बजार ३५ अंक बढेको छ ।
पहिलो एक घण्टामा रकमका आधारमा धेरै कारोबार भएका पाँचवटा कम्पनी मध्ये बरुण हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, साहस ऊर्जा, सामलिङ पावर र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् । यो वृद्धिपछि १२ बजे नेप्से परिसूचक दुई हजार सात सय ६३ अंकमा कायम भएको हो ।
बैंकिङ सेक्टर सबैभन्दा धेरै दुई दशमलव ११ प्रतिशतले वृद्विहुँदा अधिकांश सेक्टरका सूचक पनि बढेका छन् । यतिबेलासम्म एक सय ८५ कम्पनीको मूल्य बढ्दा ५१ को घटेको छ,भने सातवटाको अवस्था स्थिर रहेको छ । एक घण्टामा ३ अर्ब ५० करोडको कारोबार भएको छ ।

