पुल्चोक क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी

विविध समाचार

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनबाट उनी १ हजार १०२ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत ल्याए । श्रेष्ठ स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा एक हजार ६४ मतसहित निर्वाचित हुँदा कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल एक हजार ४२ मत सहित विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *