काठमाडौं । सरकारले चैत्र २४ गते रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।
त्यस्तै, नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा लगायतका विभिन्न ११ वटा निर्णय सो दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

