काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् ।
बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियानका क्रममा नेपालमा क्यान्सरबाट हुने मृत्युदर बढ्दै गएकोमा यसको निर्मुलीकरणमा सरकारको ध्यान केन्द्रित रहेकोले यसलाई व्यवस्थित ढङ्गले निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने स्वास्थ्य मन्त्री पौडेलले बताएका छन् । तथ्याङ्कका आधारमा नेपालमा दैनिक ६ जना महिलाको मृत्यु क्यानसरबाट हुन्छ । त्यमध्ये ४ जनाको मृत्यु पाठेघरको क्यान्सरबाट हुनेभएकोले यो सामान्य तथ्याङ्क नरहेको र पछिल्लो समयमा नेपालमा खानपीन, वातावरण स्वस्थ्यकर नरहेकोले प्राथमिक तह अथव यो रोग लाग्न नदिन यसको नियन्त्रण र निर्मूलीकरण गर्ने तिर सरकारको चासो रहेकोले अब सरकारले उपचारसँगै बिरामी हुन नदिने क्षेत्रमा काम गर्नका लागि समाजवाद स्वास्थ्यबाट मात्रै आउने भन्दै स्वास्थ्य क्षेत्र बढी सुधार्नुपर्ने भएको उनले बताएका छन् ।
पौडेलले नेपालको भविष्यलाई पाठेघरको क्यान्सरबाट बचाउन खोप अभियान थालिएको बताउँदै १४ वर्ष माथिका महिलाहरुको क्यान्सरको स्क्रिनिङ गर्ने र उपचार अभियानमा सरकारले यसमा कत्तिपनि कन्जुसी नगरेको उनले उल्लेख गरेका छन् । उनले केही हप्तामा क्यान्सर रोगीलाई दिने किमो निःशुल्क बनाउने घोषणा समेत गरेका छन् । स्वास्थ्य नीति महाशाखाका अनुसार ३९ हजारभन्दा बढी किशोरीलाई खोप दिने लक्ष्यका साथै देशभर १६ लाख ८८ हजारलाई खोप लगाउन लागिएको छ भने ९० प्रतिशत भन्दा बढीले खोप लगाउने अनुमान गरिएकोले सोही अनुरुप सरकारले राष्ट्रिय क्यान्सर उपचार रणनीति तयार पनि गरेको जनाइएको छ ।