‘स्नो ह्वाइट’ उत्तर अमेरिकी बक्स अफिसमा हिट सावित

मनोरञ्जन समाचार

काठमाडौं । डिज्नीको लाइभ एक्सन फिलम ‘स्नो ह्वाइट’ उत्तर अमेरिकी बक्स अफिसमा हिट सावित भएको छ ।

फिल्मबारे प्रशस्तै नकारात्मक समीक्षा आएको भएपनि बक्स अफिसको सूचीमा फिल्म अग्रपङ्क्तिमा पुगेको छ । ओपनिङ विकेन्डमा फिल्मे विश्वभर ८ करोड ७३ लाख डलर कमाएको अनुमान गरिएको छ । योमध्ये आधा कमाई उत्तर अमेरिकाबाट भएको हो ।

तर २७ करोडभन्दा बढीको बजेटमा बनेको फिल्मको पहिलो सप्ताहन्तको यो कमाई अपेक्षा गरिएभन्दा कमै हो । फिल्ममा कोलोम्बियाली मूलकी रेचेल जेग्लरलाई स्नो ह्वाइटका रुपमा देखाएको भनेर निकै विवाद भएको थियो । अन्य पात्र सेभेन डर्फ अर्थात सात जना पुड्का मानिसहरूबारे पनि उत्तिकै विवाद थियो ।

जेग्लरको प्यालेटिनी समर्थित कमेन्ट अनि फिल्ममा स्नो ह्वाइटको सौतेनी आमाको भूमिकामा देखिएकी गल ग्याडोटको इजरायल समर्थित अभिव्यक्तिले पनि फिल्मलाई अरु विवादमा घेर्यो । रोटेन टमेटोजले फिल्मलाई ४४ प्रतिशत मात्रै अंक दिएको छ । तर दर्शको प्रतिक्रिया देखाउने पपकोर्नोमिटरले भने फिल्मलाई ७३ प्रतिशत अंक दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *