काठमाडौं । सिर्जना सुवेदी पँगेनी र विवेक पँगेनीको अमेरिकामा घटेको घटनामा आधारित ‘यो हाम्रो साथ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘यो हाम्रो साथ’ बोलको मर्मस्पर्सी कथा समेटिएको गीतमा मीठो स्वरका धनी चर्चित गायक नविन कुमार पौडेल र गायिका वेनिषा पौडेलको स्वर सजिएको छ । लिरिक्स पुरन राउतको रहेको यस म्युजिक भिडियोमा कार्कीजीको म्युजिक रहेको छ ।
म्युजिक भिडियोमा एरेन्ज विशाल निरौलाले गरेका छन् भने मिक्सिङ मास्टरिङ राजन राईले गरेका छन् । म्यूजिक भिडियोमासमीप निरौला र सुरक्षा इटानीको प्रमुख भूमिका रहेको छ भने योदिन योङहाङ, र सुमन पौडेलको साथ रहेको छ । क्यामेरामा उमेश शाह, एमयुए शुवास तिमिल्सिना, कोरियो ग्राफीमा कृष्ण श्रेष्ठ रहेको यस गीतको उत्पादकमा मञ्जु शर्मा रहेका छन् । म्युजिक भिडियोको सम्पादन सन्दीप मोदीले गरेका छन् भने कलर संयोजन विष्णु खड्काले गरेका छन् । कथा क्यामेरा सन्देश मोदिको रहेको यस म्यूजिक भिडियोको डाइरेक्सन भने विक्रम दाहालले गरेका छन । गायक नविन पौडेलका यसअघि पनि थुप्रै चर्चित गीतका म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।
गायनसँगै स्टेज कार्यक्रममा सधैं व्यस्त रहने नविन पौडेलको ‘यो हाम्रो साथ’ बोलको गीत अहिलेसम्मकै ऐतिहासिक र चर्चित हुने गंगीत÷संगीत पारखीहरुको आँकलन छ । पौडेलको यस गीतमा सुनौलो भविष्यको सपना मनभरि बोकेर अमेरिकामा कर्म गरिरहेकी सिर्जना सुवेदी पँगेनी र उनका श्रीमान विवेक पँगनीबीच भएको दर्दनाक घटना समेटिएको छ । सुवेदी पँगेनी द्वयको घटनाले विश्वलगायत नेपालका मिडियामा हप्ताभरि स्थान पाएको थियो । घटना निकै अमानवीय र दर्दनाक थियो जसलाई समेटेर गीत संकलन गरिएको थियो । सो गीतमा नविन र बेनिषा पौडेलको सुमधुर स्वर सजिएको पाइन्छ ।

