पपुआ न्यू गिनीमा फेसबुकमाथि प्रतिबन्ध

विविध समाचार

काठमाडौं । पपुआ न्यू गिनीले सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाएको छ ।

गलत सूचना प्रवाह र पोर्नोग्राफीलाई रोक्नको लागि सोमबार यो प्रतिबन्ध लगाइएको हो । सामाजिक सञ्जालमाथि अचानक यसरी बन्देज लगाएपछि विपक्षी दलका सांसदहरू र राजनीतिक आलोचकहरूले सरकारको आलोचना गरिरहेका छन् । उनीहरूले सरकारको यस कदमलाई मानव अधिकार हनन भनेका छन् ।

पपुआ न्यू गिनीमा फेसबुक सबैभन्दा बढी प्रयोगमा आएको सामाजिक सञ्जाल भएकोले बिक्री बढाउन साना व्यवसायहरूले समेत यसकै भर गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *