काठमाडौं । पाकिस्तान अधिनस्थ कश्मीरमा ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा फाइटर जेट खसेका छन् ।
पाकिस्तानले भारतीय सेनालाई उद्वृत गर्दै प्रकाशित समाचार अनुसार पाकिस्तानी सेनाले पाँचवटा भारतीय सैन जेट (फाइटर जेट) खसालिएको दाबी गरेको हो। प्रकाशित समाचार अनुसार एउटा फाइटर जेट भारत अधिनस्थ कश्मीरको पुलवामास्थित पाम्पोरमा खसेको छ । दोस्रो फाइटर जेट कश्मीरकै अखनूर र तेस्रो रामबनमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्को फाइटर जेट पञ्जाबमा खसेको छ । फाइटर जेट पञ्जाबको बठिन्डामा खसेको हो । यी फाइटर जेट पाकिस्तानले खसाएको या दुर्घटनामा परेको भने खुलेको छैन ।
भारतीय एयर फोर्सका अधिकारीहरूले भने कि भारतीय फाइटर जेट खसेको पुष्टि गरिसकेका छैनन् । बरु पाकिस्तानी जेएफ–१७ फाइटर जेट खसेको हुन सक्ने उनीहरूको तर्क छ ।

