पोखरेलकै कारण ग्लोबल बैंकका सञ्चालक ढकाल बद्नाम

राजनीति समाचार

काठमाडौं । कतिपय सरकारी जागिर खाने र निजीक्षेत्रमा काम गर्ने गरेर दोहोरो सुविधा लिइरहेका छन् । अर्कोतिर निजी बैंक तथा वित्तीय क्षेत्रमा जागिर खाने र सरकारी तलब र सुविधा लिनेहरु प्रशस्तै छन् । कतिपय सरकारी कर्मचारीहरुले लोक सेवा पढाउने, इन्स्टिच्युटमा काम गर्ने , किताव प्रकाशन गर्ने गरेर दोहोरो सुविधा उपभोग गरिरहेका छन् । बैंक वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरु सरकारी सञ्चार माध्यममा काम गर्ने, बैंक तथा वित्तीय क्षेत्रको विज्ञापन छपाउन लगाएर कमिसन खाने काम गर्दछन् । त्यसको गतिलो उदाहरण लिन सकिन्छ ग्बल आईएमई बैंकको मार्केटिङ विभागका प्रमुख योगेश पोखरेललाई । पोखरेल गोरखापत्र दैनिकका कर्मचारी हुन् । अहिले ग्लोबल आईएमई बैंकको मार्केटिङ विभाग प्रमुख रहेका छन् ।

तर, गोरखापत्रबाट पनि तलब सुविधा खाइरहेका छन् । पोखरेलले ग्लोबल आईएमई बैंकको मार्केटिङ विभागमा बसेर विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सूचना र विज्ञापन गोरखापत्रलगायत विभिन्न अनलाइन पोर्टल र दैनिक पत्रपत्रिकामा प्रकाशन गरेर कमिसन खाने काम गर्दै आएका छन् । त्योसँगै गोरखापत्र दैनिकलाई विज्ञापन उपलब्ध गराएबापत प्रतिशतको आधारमा वार्षिक बोनसन पनि पाउने गरेका छन् । उनले तलब सुविधा सरकारी खाने तर निजी बैंकमा काम गर्ने गर्दै आएको स्रोत बताउँछ । ग्लोबल बैंकका पोखरेलसँगै अन्य बैंकका मार्केटिङ प्रमुखले सूचना र विज्ञापन प्रकाशन गरेबापत कमिसन खाने गरेका छन् । बैंक वित्तिय संस्थाका मार्केटिङ प्रमुखहरुले पहुँचवाला र कमिसन दिने मिडियाहरुलाई विज्ञापन र सूचना दिने र पहुँच नभएका मिडियाहरुलाई पाखा लगाउने काम गर्दै आएका छन् ।

उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ग्लोबल आईएमई बैंकका सञ्चालक चन्द्रप्रसाद ढकाल मार्केटिङ प्रमुख पोखरेलकै कारण पटक–पटक विवादमा तानिने गरेका छन् । पोखरेल मार्केटिङ प्रमुख भए तापनि पत्रकारलाई समान व्यवहार गर्न नसकेकै कारण बैंकभित्रको कालाकर्तुत बेलाबखत सार्वजनिक हुने गरेको छ । आईएमई लिमिटेडद्वारा सञ्चालित ग्लोबल आईएमई बैंकले लामो समयदेखि साधारण सेयरधनीहरुलाई लाभांश दिन नसक्दा असन्तुष्टि बढिरहेको छ । उता, सञ्चालक समितिमा पनि बैंक भित्रकै गतिविधिका कारण लफडा सुरु हुन थालेको छ । बैंकले कतिपय घरजग्गामा गरेको लगानी उठाउन नसक्दा खराब कर्जा बढिरहेको छ । त्योसँगै आईएमई मनी ट्रान्सफरको हुन्डी कारोबार सुस्ताउँदै गएको छ ।

आईएमई लिमिटेडको लगानी रहेको विभिन्न केबलकार कम्पनीहरु पनि विवादमा परिरहेका छन् । चन्द्र ढकालले जहाँ केवलकार कम्पनी खडा गर्दछन् त्यहाँ विवादमा परिहाल्छन् । ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल ‘पाथीभरा दर्शन केबलकार प्रा.लि. पनि अझै विवादमा परिरहेको छ । उता चन्द्रागिरी हिल्स प्रा.लि.द्वारा सञ्चालित केबलकारका विकृति, विसंगतिहरु छुटै छन् । त्यसबाट राजश्व छली गरेको र उपभोक्ताहरुलाई ठगी गरेको स्रोतको भनाइ छ । चन्द्रगिरी हिल्स केबलकार चढ्दा बाहिरबाट किनेर चकलेटसमेत मुखमा राख्न पाइँदैन । केबलकार चढ्नेहरुले कम्पनीले राखेका पसलबाट महंगो मूल्यमा सामान किन्नुपर्ने बाध्यता छ । केबलकार चढेर मन्दिर पुगेपछि कम्पनीले सञ्चालन गरेका होटल, रेष्टुरेन्ट र पसलबाट मात्रै खाद्य सामग्री खरिद गर्नुपर्नेछ । त्यसबाट पनि उपभोक्ताहरु ठगिइरहेका छन् । अर्कोतर्फ सरकारी कर्मचारी भएर दोहोरो सुविधा उपभोग गर्ने व्यक्ति हुन् उद्धव सिलवाल । सिलवाल नागरिक लगानी कोषका स्थायी कर्मचारी हुन् । नागरिक लगानी कोषका अधिकृत सिलवाल निजी दैनिक पत्रिकामा जागिर खाने व्यक्ति हुन् । त्यसले गर्दापनि नागरिक लगानी कोषको मिडिया हेर्ने जिम्मेवारी पाएका व्यक्ति हुन् । सिलवालले मिडिया हेर्ने जिम्मेवारी पाएतापनि अधिकांश मिडियाकर्मीहरु सिलवाल प्रति आक्रोशित बन्न पुगेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *