भिजिट भिसा ६४ सालदेखिको समस्या भएकोले मुद्दालाई त्यत्तिकै नछाड्ने माओवादी अध्यक्ष दाहालको स्पष्टिकरण

राजनीति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ २०६४ सालदेखिको समस्या भएको बताएका छन् ।

प्रेस सेन्टर चितवनले मङ्गलबार दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ रहेको छ ।
उनले यो मुद्दालाई त्यत्तिकै नछाड्ने उल्लेख गर्दै जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने स्पष्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *