यस्तो छ यातायात कार्यालयका कर्मचारीको आम्दानी

राजनीति समाचार

काठमाडौं । कार्यालय सहयोगीलाई अगाडि सारेर घुस खाने एक हाकिम अख्तियारको फन्दामा परेका छन् । यद्यपि क्यासमै घुस खाँदै आएका ती हाकिम यस पटक पनि उम्केको माछो ठूलोझैं हुने स्थिति रहेको छ भन्छन्,उनलाई चिन्ने जान्नेहरु ।

खासमा कार्यालय सहयोगीको काम कोठा सफा गर्ने, चिया नास्ता ल्याउने हो । सरकारले तोकेको जिम्मेवारी अनुसार काम गर्ने हो तर विष्णु भट्टराई जहाँ र जुन कार्यालयको प्रमुख हुन्छन् उनी सोही कार्यालय सहयोगी र ट्रायल सेन्टरमार्फत नजराना बुझ्दै आएको आरोप लगाउँछन्,उनका सहकर्मीहरु । जतिखेर मुकुन्द निरौला वाग्मती प्रदेशको प्रमुख थिए । उनले यातायातको नियम, कानून विपरित भट्टराईलाई चावहिल यातायातको प्रमुख बनाएका थिए । स्रोतका अनुसार,विष्णु र मुकुन्द इनरुवाका छिमेकी हुन् । उनीहरुले क्याम्पस र लोकसेवा समेत सँगै अध्ययन गरेका थिए । त्यही कारण सातौं तहका कर्मचारीलाई नवौं तहको कार्यालय प्रमुख हुने कार्यालयको जिम्मेवारी दिएका थिए । भट्टराई चावहिल यातायातको प्रमुख हुँदा त्यहँँका कार्यालय सहयोगीहरु श्याम परियार,गोकुल र कृष्ण श्रेष्ठमार्फत नजराना बुझ्ने गर्दथें ।

यी कार्यालय सहयोगीहरु दैनिकजसो दक्षिणढोका ट्रायल सेन्टरमा पुग्दछन् र सेवाग्राहीबाट १ देखि ३ लाखसम्म नजाराना बटुल्ने गरेको र गाडीको ट्रायलको बेला जनही सेवाग्राहीबाट १५ देखि ५० हजार र लिखितमा पास गराइदिए वापत्त जनही ५ हजार शुल्क लिने गरेको आरोप थियो । यस्तै एक (मोटरसाइकल) मा भने दुईदेखि तीन हजारमै काम तमाम पार्दै आएका थिए । मालपोतमा रहँदा अकुत सम्पत्ति जोडेका उनी काठमाडौंकै रैथाने हुन् । उनले युजर आइडी लिएर फेल भएकाहरुलाई उत्र्तीण गराइदिने काम गर्दै आएका छन् । ५० हजारसम्म नजराना लिने गरेको आरोप थियो ।

यसरी उठाइएको घुस रकम पहिलो त्यँही फिल्डमा खटिएका कर्मचारी र अफिसका प्राविधिकहरु (मेकानिकल इञ्जिनियर,प्राविधिक कम्युटर अधिकृत,राजश्व संकलनकर्ता) सम्म भागबण्डा लाग्ने गर्दछ । उनीहरु ५ बर्षदेखि चावहिल यातायात कार्यालय छाडेर अन्यन्त्र कतै जानु परेको थिएन । यी तिनै जना कार्यालय सहयोगीहरु अहिले राधे राधे यातायातमा पुगेका छन् भने विष्णु भने चावहिलबाट आठौं तहमा बढुवा भएर बर्ष दिन अगाडि चितवन पुगेका हुन । त्यहाँ समेत चावहिलको झैं कार्यालय सहयोगी र ट्रायल सेन्टरमा विचौलिया अगाडि सारेर दैनिक लाखौं उठाउने गरेका थिए ।

स्रोतका अनुसार, महालक्ष्मी ड्राइभिङ सेन्टरबाटै फेल भएका परीक्षार्थीहरुलाई मोटरसाइकल र गाडीको लाइसेन्स सेटिङमा मिलाउने गर्दै आएका थिए । महालक्ष्मी ड्राइभिङ सेन्टरसहित ३ वटा ड्राइभिङ सेन्टरको मिलेमतोमा १५ हजारदेखि २५ हजार घुस लिएर ट्रायल फेल भएका सेवाग्राहीलाई लाइसेन्स दिने गरेको आरोपमा एक कर्मचारी र एक बिचौलियालाई पक्राउ गरेबाटै खुलेको छ । ट्रायलमा फेल भएकाहरुलाई लाइसेन्सको सेटिङमा यातायात कार्यालय चितवनका कार्यालय प्रमुख बिष्णकुमार भट्टराईकै मुख्य भूमिका रहेको छ । कार्यालयमा नबस्ने उनी कार्यालय बाहिर ड्राइभिङ सेन्टरका संचालकहरुबाट घुस बुझ्ने गरेको आरोप छ ।

भरतपुर महानगरपालिकाका एक सल्लाहकारले सञ्चालन गरेको ड्राइभिङ्ग सेन्टरमार्फत घुस बुझ्ने गरेको आरोप छ,उनीमाथि । स्रोतका अनुसार,महालक्ष्मी लगायतका ड्राइभिङ सेन्टरबाट संकलन गरी हाकिम भट्टराईलाई ७५ प्रतिशत दिने र बाँकी केही कर्मचारीलाई मिलाएर लिने गरेका थिए । हालैमात्र अख्तियारले उनको ल्यापटप, मोवाइल जफत गरे पनि यातायातमै जागिरका अधिकांश समय बिताएका उनले घुस लिंदा नोटमै लिने र कार्यालय सहयोगी गुरुङबाट बुझ्ने भएकाले केही भेटिने संभावना कम रहेको स्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *