वीरगञ्ज नाकाबाट ११ महिनाको तुलनामा चालु आवको अवधिमा घट्यो पाँच थरिका पेट्रोलियम पदार्थको आयात एक अर्ब ६ करोडले

विविध समाचार

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब ६ करोडले घटेको छ ।

सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११.६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोडले बढेको छ । अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *