स्वास्थ्य बीमा कोषमार्फत जटिल प्रकृतिको रोगको उपचारका लागि थप एक लाख उपलब्ध गराउने निर्णय

विविध शिक्षा/स्वास्थ समाचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

स्वास्थ्य बीमा कोषमार्फत् अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा सेवा पाउने गरी व्यवस्था मिलाउने भएको हो ।  स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ को उपनियम अनुसार कडा रोग लागेका व्यक्तिलाई थप एक लाख रुपैयाँ दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन बोर्डलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले निर्देशन दिएका छन् ।

स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था लागु गराउनका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्रालयको निर्देशन पछि स्वास्थ्य बीमा बोर्डले आगामी बैठकमा यो विषय निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *