नेपाल टेलिकमभित्र ‘काले, काले मिलेर खाऊ भाले’, श्रीमानलाई भ्रष्टाचार मुद्दा लाग्दा श्रीमतीलाई निमित्त

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । नेपाल टेलिकममा विगत लामो समयदेखि भ्रष्टाचार, विकृति र विसंगतिले गाँज्दै आएको छ । टेलिकमभित्र फाइबर बिछ्याउनेदेखि बिलिङ मेसिन खरिद र मर्मत संभारको नाममा ब्यापक भ्रष्टाचार र अनियमितता हुँदै आएको थियो । तत्कालीन प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई देशभर फाइबर बिछ्याउने नाममा लागत बढाएर १८ अर्ब घोटाला गरेको आरोप लागेको थियो । सो मुद्दा अहिलेसम्म विचाराधिन अवस्थामै रहेको बताइन्छ ।

त्योसँगै अर्का तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेललाई पनि भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको जागिर स्वतहः निलम्बनमा परेको थियो । त्यसैगरी निवर्तमान प्रवन्ध निर्देशक संगिता पहाडीसँगै अर्का प्रवन्ध निर्देशक सुनिल पौडेलविरुद्ध बिलिङ मेसिन मर्मत र खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि निवर्तमान प्रवन्ध निर्देशक पहाडीसहित १७ जना कर्मचारी र एक जना ठेकेदारविरुद्ध अख्तियारले गत जेठ २५ गते विशेषमा मुद्दा दायर गरेपछि उनीहरु स्वतहः निलम्बनमा परेका छन् ।

तिनीहरुमध्य केही कर्मचारी निर्दोष रहेको बताइन्छ । पहाडी निलम्ब्नमा परेपछि रिक्त रहेको प्रवन्ध निर्देशक पदमा सबिना मास्केलाई निमित्तको जिम्मेवारी दिइएको छ । मास्के टेलिकमकै कर्मचारी अमुल प्रधानकी श्रीमती हुन् । श्रीमान अमुललाई बिलिङ मेसिन खरिद प्रकरणमा भष्टाचार मुद्दा लागेपछि श्रीमती मास्केलाई निमित्तको जिम्मेवारी दिइएको छ । यस्तो प्रवृत्तिले गर्दा टेलिकमभित्र ‘काले, काले मिलेर खाऊ भाले’ भन्ने भनाइ चरितार्थ भएको छ । उता, टेलिकमका उच्च तहका कर्मचारीको ‘हुवाई’ कम्पनीसँग विगत लामो समयदेखि मिलेमतो रहेको थियो । सरकारी संस्थामा स्थायी जागिर खाएका जिम्मेवारी कर्मचारीहरुले निजी कम्पनीसँग मिलेमतो गरेर अर्ब रुपैयाँ अवैध रुपमा आर्जन गर्न सफल हुँदासम्म सम्बन्धित निकाएले ध्यान दिएको पाइँदैन । कर्मचारीहरुको यस्तो क्रियाकलपले गर्दा टेलिकम दिनप्रतिदिन निकम्मा बन्दै गएको छ ।

अर्कोतर्फ निलम्बनमा परेकी संगिता पहाडका श्रीमान विश्व पहाडी नेपाली सेनाका सेनानी हुन् । विश्वलाई नेपाली सेनाको जागिर खाएर फास्ट्र्याकको ठेक्का दिँदा राज्यको अर्बौं रुपैयाँ कमिसन लिएको सेनाभित्र चर्चा चल्न थालेको छ । उता श्रीमती पहाडीले टेलिकमको बिलिङ मेसिन मर्मत र खरिदमा करोडौंको भ्रष्टाचार गरेको आरोपमा मुद्दा खेप्नुपरेको छ । श्रीमान र श्रीमती नै सरकारी जागिरको जिम्मेवार पदमा पुगेपछि शक्तिकेन्द्रको दुरुपयोग गरेर राज्यको ढुकुटी कसरी दोहन गर्दारहेछन् भन्ने यो एउटा गतिलो उदाहरण हो । पहाडी निलम्बनमा परेपछि मास्केलाई निमित्तको जिम्मेवारी दिइए तापनि टेलिकमको भावी प्रवन्ध निर्देशक बन्नको लागि टेलिकमभित्रकै केही कर्मचारीहरु प्रवन्धक निर्देशक बन्नको लागि न्वारनदेखिको बल निकालेर नेताहरुको घरदैलो चहार्न थालेका छन् ।

तर सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले कसलाई प्रबन्धक निर्देशक नियुक्ति गर्छ त्यो हेर्न बाँकी छ । टेलिकमभित्र हुने गरेका भ्रष्टाचार र विकृतिले सिमा नाघिसेको छ । संगिता पहाडीले टेलिकमको प्रवन्ध निर्देशक बनेर बिलिङ मेसिन खरिद, मर्मत र ठेक्कापट्टामा करोडौं हिनामिना गरेको आरोपमा निलम्बनमा परेकी छिन् । पहाडीलाई टेलिकममा भ्रष्टाचार गरेको मुद्दा लागेपछि उनका श्रीमान विश्वमाथि पनि फस्ट्र्याकभित्र भएको अनियमितताको छानविन हुने आशंकाले पहाडी दम्पत्ति तिलमिलाएका छन् । तर, नेपाली सेनाभित्र हुने गरेको विकृति, विसंगति र भ्रष्टाचारको छानविन अख्तियारले अहिलेसम्म गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *