काठमाडौं । विद्यालय शिक्षा ऐनको म्याद तोकेको आज अन्तिम दिन भएकोले बिहानैदेखि शिक्षक महासंघको टोली सिंहदरबार शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन्
सरकारले ऐन जारी गर्ने सहमति गरेपनि आजै ऐन जारी हुने पक्का नभएकोले पछिल्लो समय शिक्षा समितिले विधेयकमाथि टुंगो नलागेका विषयको छलफल व्यापक बनाएको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले गत वैशाख १७ गते नेपाल शिक्षक महासंघसँग असार १५ भित्र सहमति गर्ने आधारमा आज म्यादको अन्तिम दिन रहेको छ ।

