त्रिवि विश्वविद्यालयमा खुला प्रतिस्पर्धामार्फत नियुक्ती गर्न नेविसंघको माग,संयुक्त विरोध पत्र तयार

विविध समाचार

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता प्रणालीमा आधारित भएर खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्न माग गरेको छ ।

नेविसंघले आइतबार मातहतका निकायलाई परिपत्र जारी गरी उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यताका आधारमा खुला प्रतिष्पर्धाबाट उपकुलपति छनोट गर्न,माग गर्न र नगरेमा दबाबमूलक अभियान चलाउन माग गरेका हुन् । नेविसंघको अभियान र दबाबका कारण बनेको कार्यविधिलाई लत्याएर राजनीतिक भागबण्डाका आधारमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त नगर्न पनि अनुरोध गरेको छ ।

यसका लागि सार्वजनिक बहस, हस्ताक्षर सङ्कलन अभियानलगायत अन्य दबाबमूलक रचनात्मक कार्यक्रम गर्न पनि नेविसङ्घले मातहतका निकायलाई निर्देशन दिएको छ । दलीय भागबण्डामा नियुक्त गर्न लागिएकामा संयुक्त विरोध पत्र तयार पारेर सम्बन्धित निकायलाई बुझाइने पनि उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *