काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट र हेटांैडा सिमेन्ट उद्योग बन्द भइसकेको छ । यी दुई सिमेन्ट उद्योगहरुमा उदपुर सिमेन्ट उद्योग पूर्ण रुपमा बन्द भएको छ भने हेटौंडा सिमेन्ट उद्योगी पनि त्यहीं अवस्थामा गुज्रिइरहेको छ । ब्यापक राजनीतिक भर्ती केन्द्र बनाउने, क्षमताभन्दा बढी कर्मचारी नियुक्ति गर्ने, भ्रष्टाचार गर्ने, विभिन्न पार्टीको नाममा चन्दा असुल्ने र सेवासुविधा बढी लिने कारणले गर्दा सरकारी स्वामित्वका उद्योगहरु बन्दहुँदै गएका छन् । पछिल्लो समय अस्तित्वमा रहेका हेटौडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग पनि बन्द हुन पुगेका छन् । सरकारी स्वामित्वका उद्योग बन्द गराउन नेता, मन्त्री र सम्बन्धित मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरुको ठूलो हात रहने गरेको छ ।
किन कि सरकारी स्वामित्वका सिमेन्ट उद्योगहरु बन्द भएपछि निजी रुपमा सञ्चालित सिमेन्ट उद्योगसँग नेता, मन्त्री र कर्मचारीहरुले कमिसनको चलखेल गर्ने गरेका थिए । त्यसले गर्दा पनि नेता, मन्त्री र कर्मचारीहरुले सरकारी स्वामित्वका उद्योग, धन्दा बन्द गराउँदै आएका उदाहरणहरु थुप्रै छन् । हेटौंडा सिमेन्ट उद्योगमा मात्रै हाल १६५ जना स्थायी कर्मचारी रहेका छन् भने ज्यालादारी एक सय जना रहेका छन् । त्यसैगरी सेक्युरिटी गार्ड ४० जना छन् । त्यसमा ५५ जनाले सेवाबाट अबकास पाइसकेका छन् । अबकास प्राप्त कर्मचारीहरुले पनि पाउनुपर्ने सेवासुविधा पाएका छैनन् । हाल कार्यरत स्थायी र ज्यालादारी कर्मचारी एवं सेक्युरिटी गार्डले गत भदौदेखि तलब पाएका छैनन् । उता, सिमेन्ट उद्योग भने बन्द भइसकेको छ ।
आवश्यक कच्चा पदार्थको अभाबसँगै ४० वर्षभन्दा पुरानो मेसिन र कोइला खरिदमा दोब्बर खर्च हुने कारणले गर्दा हेटौंडा सिमेन्ट उद्योग पूर्ण रुपमा बन्द भएको छ । सिमेन्ट उद्योग बन्द भएपछि भौतिक संरचना विक्री गरेर कर्मचारीलाई तलब, सुविधा दिनुपर्ने अवस्था सिर्जना भएको छ । उता, उदयपुर सिमेन्ट पूर्ण रुपमा बन्द भएपछि हेटौंडा सिमेन्टकै आलतमा पुगेको छ । कुनै दिन नेपालको नम्बर १ सिमेन्ट उत्पादन कम्पनीको रुपमा हेटौंडा सिमेन्ट उद्योग लिमिटेडलाई लिइन्थ्यो । २०३३ सालमा स्थापना भएको सिमेन्ट उद्योगले वार्षिक २६ लाख टन सिमेन्टी उत्पादन गर्ने क्षमता रहेको थियो । सो सिमेन्ट उद्योग एशियाई विकास बैंकबाट ऋण लिएर स्थापना गरिएको थियो ।
हेटौंडा सिमेन्ट उद्योगले १९८० बाट व्यावसायिक उत्पादन शुरु गरेको थियो । ‘हेटौंडा सिमेन्टद्वारा उत्पादित “शक्ति” सिमेन्ट, गुणस्तरमा उच्च, एक पटकको प्रयोग पुस्तौ पुस्ता ढुक्क भन्ने नासाका साथ २०४२ सालबाट उत्पादन सुरु गरेको सिमेन्ट उद्योग ४० वर्षपछि पूर्ण रुपमा बन्द हुन पुगेको छ । उता २०७६ सालदेखि विभिन्न कारण देखाएर बन्द गरिएको उदयपुर सिमेन्ट कारखान सरकारले सञ्चालनमा ल्याउन सकेको छैन । एमालेबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका दामोदर भण्डारीले पनि कार्यकालको एक वर्ष बितिसक्दा सरकारी स्वामित्वमा रहेका उद्योग धन्दा सञ्चालन गर्न कुनै पहल कदमी गरेका छैनन् । त्यसैगरी दोलखास्थित खरीढुंगामा रहेको ओरिएन्ट म्याग्नेसाइट उद्योग पनि विगत लामो समयदेखि बन्द रहेको छ ।
तर, एमाले र कांग्रेस सरकारले सरकारी स्वामित्वमा रहेका बन्द उद्योगहरु सञ्चालन गर्न कुनै पहल गरेको छैन । एमालेबाट उद्योगमन्त्री बनेका भण्डारीले बन्द रहेका सरकारी उद्योग सञ्चालन गर्न पहल गर्नुपर्नेमा त्यो नगरी खाली निजी क्षेत्रका सिमेन्ट उद्योग र अन्य उद्योगीहरुलाई फाइदा पु¥याएर आर्थिक लाभ लिने काम गर्दै आएको स्रोतले उल्लेख गरेको छ । पटक–पटक विभिन्न पार्टीबाट उद्योगमन्त्री बन्नेहरुले नयाँ–नयाँ फन्डा ल्याए तापनि सरकारी स्वामित्वमा रहेका बन्द उद्योग सञ्चालन गर्न कुनै पहल, कदमी गरेको पाइँदैन । जुनसुकै पार्टीबाट उद्यागमन्त्री बनेतापनि खाली निजी क्षेत्रका उद्योगीहरुलाई फाइदा पुग्ने काम गर्ने र कमिसन बटुल्ने काममा लिप्त भएको पाइन्छ ।

