रसुवामा बाढीमा बेपत्ता भएका १९ जनाको खोजीकार्य जारी, हालसम्म नौ मध्ये पाँच जनाको मात्रै सनाखतहुँदा चार वटा मानव अङ्गमात्रै फेला

विविध समाचार

काठमाडौं । रसुवामा आएको बाढीमा बेपत्ता भएका १९ जनाको खोजीकार्य नेपाल प्रहरीले आज बिहानैदेखि जारी रहेको जनाएको छ ।

रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

उनले रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीसम्मका नदी किनार क्षेत्रमा खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार हालसम्म बाढीमा परी मृत्यु भएका नौमध्ये पाँच जनाको मात्रै सनाखत गर्न सकिने अवस्थामा शव रहेको बताउँदै चार वटा मानव अङ्गमात्रै फेला परेकोले ती शवको भने डिएनए परीक्षण आवश्यक रहेको बताएको छ। रसुवामा मंगलबार आएको बाढीमा अझै दुई प्रहरी, ६ चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *