‘पार्टीमा आन्तरिक अन्यायका कारण आयोगमा आएको हुँ’ : नवराज सुवेदी

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता नवराज सुवेदीले पार्टीमा आन्तरिक अन्याय भएको बताएका छन् ।

निर्वाचन आयोगमा पुगेका सुवेदीले अध्यक्ष राजेन्द्र लिङदेनले स्वेच्छचरिताले आफुलाई हटाएकोले आफु न्यायका लागि आयोगमा आएको बताएका हुन् ।अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते पार्टीको अनुशासन समितिमा रोशन कार्कीलाई नियुक्त गरेका थिए भने सगुन लावतीलाई प्रवक्ताबाट हटाएपछि विवाद बढेको छ । यसअघि अनुशासन समितिको अध्यक्षमा नवराज सुवेदी रहेका थिए । सुवेदी हाल राजसंस्था फर्काउने जनान्दोलन समितिको संयोजक रहेका छन् ।

सुवेदीसहित राप्रपाका नेताहरु डा.प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणासहितका नेताहरु आइतबार आयोगमा पुगेर अध्यक्ष लिङदेनको निर्णय विरुद्ध उजुरी दिएका छन् ।

सुवेदीले,‘अध्यक्ष राजेन्द्र लिङदेनको स्वेच्छचरिता भएकोले यो प्राकृतिक न्यायको खिलाप हो । यस विषयमा केन्द्रीय समितिबाट कुनै निर्णय नभएकोले निर्णय गर्नु अगाडी मलाई सोध्नु पर्थ्यो । मलाई चिठी पनि दिएको छैन । मैले त मिडियाबाट थाहा पाए । मलाई निकाल्नुभयो र अर्कोलाई नियुक्त गर्नु भयो, त्यसैले म निर्वाचन आयोगमा उजुरी गर्न आएको हुँ ।’ भनि उनले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *