आर्थिक तथा सामाजिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यसहित १६ जनालाई अनुदान

विविध समाचार

काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा उन्नत जातका बाख्रा र मौरीसहितका घार वितरण गरिएको छ ।

आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका लक्षित वर्गलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्देश्यसहित अनुदान सहयोग कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको हो । गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जन तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन १६ जनालाई अनुदान उपलब्ध गराएको छ ।

आवश्यकताका आधारमा अनुदानका लागि निवेदन पेस गर्न माग गरिएको थियो । मागका आधारमा नौ जनालाई बाख्रा, चार जनालाई मौरीका घार, एक जनालाई काठ चिर्ने मेसिन, एक जनालाई सिलाइ मेसिन र एक जनालाई ‘ड्राइपट’ उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *