भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको संख्या बढ्दो, तीन महिनामा दुई सय ९१ जनाको उपचार

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा तीन महिनामा दुई सय ९१ जना सर्पदंशका बिरामीले उपचार गरेका छन् ।

वर्षा शुरु भएसँगै सर्पदंशका बिरामीको संख्या बढेको हो । अस्पतालले गत वैशाखमा ६० र जेठमा एक सय पाँच जना सर्पदंशका बिरामीको उपचार गरेकोमध्ये पाँच जनालाई विषालु सर्पले डसेको उल्लेख गरेको छ । यस्तै असार महिनामा एक सय २६ जना सर्पदंशका बिरामीको उपचार गरिएका मध्ये नौ जना विशालु सर्पले डसेका बिरामी रहेका थिए ।
अस्पतालमा सर्पदंशका बिरामी चितवनसहित, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) तनहुँ, गोरखा लमजुङ्देखि आउने गरेका छन् ।
विषालु सर्प अन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपर लगायतका सर्पले टोक्ने गर्दछ । करेत र गोमन, कोभ्राले टोक्दा बिरामीको नशालाई असर पुर्‍याउने गर्दछ भने भाइपरले

टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने गर्दछ ।
अस्पतालमा आएका बिरामीलाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर बिरामीको लक्षण अनुसार उपचारहुँदै आएको छ । विषालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमा नै राखेर उपचार गरिँदै आएको छ । अहिले दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *