काठमाडौं । बागमती प्रदेशमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन रहेका मध्ये प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्रालयमा मन्त्री नियुक्त गरेका छन् ।
लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानून मन्त्री बनिसकेका छन् । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकीहुँदा युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिबी निवारण मन्त्रालय नेतृत्वविहीन रहेका छन् ।
बागमतीमा ९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

