काठमाडौं । नेपाल आयल निगमले सूचना सार्वजनिक गर्दै पेट्रोलको मूल्य सस्तोहुँदा मट्टीतेल र डिजेलको मूल्यमा वृद्वि भएको उल्लेख गरेको छ ।
निगमले सार्वजनिक गरेको सूचनाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएर एक सय ५९ रुपैयाँ कायमहुँदा डिजल र मट्टितेलको मूल्य भने दुई रुपैयाँले बढेको जनाएको हो ।जसअनुसार अब दुबैको मूल्य प्रतिलिटर एक ५० रुपैयाँ हुनेछ।
यही मूल्य समायोजन आज राति १२ बजेदेखि लागू हुनेछ। हवाई इन्धनको मूल्य पनि परिवर्तन गरिएको छ। आन्तरिक उडानमा प्रयोग हुने इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेर एक सय २८ रुपैयाँ पुगेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने इन्धनको मूल्य अमेरिकी डलर २१ ले वृद्धि गरी प्रति किलो लिटर एक दशमलव ७७ डलर निर्धारण गरिएको छ।
निगमले नयाँ खरिद मूल्यको आधारमा मूल्य समायोजन गरिएको जनाएको छ। अहिलेको दरमा पेट्रोलमा प्रतिलिटर १० रुपैयाँभन्दा बढी घाटा रहेको
निगमको भनाइ छ, भने डिजल र मट्टितेलमा केही नाफा देखिएको छ। मूल्य निर्धारणमा औसत खरिद मूल्य, भन्सार शुल्क, ढुवानी खर्च र अन्तर्राष्ट्रिय बजार दरलाई प्रमुख आधार बनाइएको हो।
एलपी ग्यासको मूल्य भने यसपटक परिवर्तन गरिएको छैन। एक सिलिन्डर ग्यासको मूल्य पहिलेझैं १८ सय रुपैयाँमै स्थिर राखिएको छ।

