गाजामा पछिल्लो २४ घण्टामा एक सय भन्दा बढीको मृत्यु,झुम्मिने गरेको भीडलाई लक्षित गर्दै आक्रमण

विविध समाचार

काठमाडौं । गाजामा पछिल्लो २४ घण्टामा एक सय ११ जनाको मृत्यु भएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक सय ११ जना मारिएका छन्। यसमा ९१ जना राहतको खोजीमा रहेको समयमा मारिएका हुन्।
बुधबार उत्तरी गाजामा खाने कुरा लिन लाइनमा बसिरहेको समयमा आक्रमण हुँदा एकै पटक ५० प्यालेस्टाइनी मरिएका थिए भने चार सय जना घाइते भएका छन्। खान लिएर लरी आइपुगेपछि त्यहाँ झुम्मिने गरेको भीडलाई लक्षित गर्दै आक्रमण गरेको जनाइएको छ।

इजरायलले भने बन्दी रिहाइ र युद्ध विराममा थप पहल नभए अझ कडा कारबाही गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अहिले गाजामा मान्छे मर्नेक्रम रोक्ने सबै भन्दा सही उपाय नै हमासले बन्दी रिहाइ गर्नुका साथै आत्मसमर्पण गर्नु भनेको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *