दाउन्ने खण्ड सडक सुचारु

विविध समाचार

काठमाडौं । पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्ड सडक सुचारु भएको छ ।

नवलपरासी (पूर्व) बिनयी त्रिवेणी बिश्वकर्मा मन्दिरस्थित पूर्व पश्चिम राजमार्ग सुचारू भएको प्रहरीले जानकारी दिएको छ । दाउन्ने स्थित बिश्वकर्मा मन्दिर लगायत पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डको बिभिन्न स्थानमा अविरल बर्षातको कारण बाटो हिलो र चिप्लो भई सवारी सञ्चालनमा कठिनाई भएकोमा अहिले सुचारू भएको प्रहरीले जनाएको छ । यस अघि विश्वकर्मा बाबा मन्दिर नजिकै एउटा मालवाहक सवारी बिग्रिएको कारणले पनि सडक अवरुद्ध भएको थियो ।

प्रहरीले बाटो हिलो र चिप्लो भएकोले आफ्नो लेनमा गाडी हिडाउन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *