नेपालमा किन हुन्छ फागुनदेखि जेठ मसान्तसम्म आन्दोलन

राजनीति समाचार

काठमाडौं । नेपालको मौसम जाडो, गर्मी, वर्षा रहेपनि पछिल्लो केही दशकमा आन्दोलनमय मौसम पनि सामावेश भएको छ , यो वर्ष प्रदूषणको जोखिम पनि त्यतिकै उच्च रहेको छ । प्रदूषण बढेसँगै गत चैत १५ गते राजावादीहरुले गरेको आन्दोलनले गर्दा अश्रुर ग्याँसको प्रयोग र अर्को तिर गाँडीमा आगजनीहुँदा, आगजनीको धुवाँले गर्दा मानिसको शरीरलाइ अक्सीजनभन्दा पनि प्रदूषणले मानिसको जनजिवनमा असर पुर्याएको छ ।

उता फागुन महिना लाग्ना साथ प्रत्येक वर्ष आन्दोलनमय बन्ने गरेको छ । यस वर्ष पनि आन्दोलनको मौसम सुरु नहुने कुरै भएन । विगतका केही वर्षको तुलनामा यस वर्षको आन्दोलनमय मौसम निकै प्रभावित भएको छ । जे होस् नेपालमा भित्रिने र बाहिरिने मौसम प्रणाली ढिलो,चाँडो होला तर, आन्दोलनको मौसम भने भनेकै समय अनुसार हुने गर्दछ । यसको अर्थ फेरि अन्य समयमा आन्दोलन नभएको भन्न खोजिएको होइन । अरु समयमा पनि भएका छन् तर, फागुन, चैतको समयमा प्राय जसो बढी राजनितिक सँगै अन्य आन्दोलन हुने गरेको छ । फागुन महिना भनेको शिशिरको अन्तिम र चैत बसन्तको सुरुवात भएकोले यस महिनामा प्राय आन्दोलनका कार्यक्रम ग्रीष्म ऋतुको आगमन नहुन्जेल चलिनै रहन्छ ।

यस वर्षको आन्दोलन भने देश तथा विदेशमा पनि निकै चर्चाको विषय बनेको छ । चैत १५ गते राजावादीहरुले गरेको हिंसात्मक आन्दोलनले अन्तर्राष्ट्रिय मिडियामा समेत प्रवेश पाएको थियो । फागुन महिना सुरु हुना साथ विभिन्न भातृ संग–संगठनहरुले विभिन्न माग राखि आन्दोलनमा उत्रिएका छन् । शिक्षक, राजनितिक दल लगायत विभिन्न आन्दोलनमा उत्रिने गर्छन् ।

समग्र रुपमा हेर्दा यस वर्ष फागुन सुरु भएदेखि नेपालमा गणतन्त्रवादी र राजावादी शक्तिहरुको प्रदर्शनी होस् अथवा शिक्षक, चिकित्सक क्षेत्र देखि ग्याँस व्यवसायी संघ र सहकारी पिडितहरुले आन्दोलन गरि नै राखेका छन् । सो आन्दोलनमा कतिपय सफल र कतिपय असफल भएका छन् । सो आन्दोलन जेठको अन्तिम सातासम्म चल्ने देखिन्छ । देश आन्दोलनमय बन्ने गरेको घटना इतिहासदेखि नै साक्षी बनेको छ ।

हामीले इतिहासलाई पल्टाईं हेर्दा २०३५ साल चैतमा सुरु भएको बिद्यार्थी आन्दोलनदेखि लिएर २०४६ साल फागुन ७ गतेदेखि पञ्चायती व्यवस्थाविरुद्व कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चाले प्रारम्भ गरेको संयुक्त जनआन्दोलन चैत महिनामा उत्कर्षमा पुगेको थियो । हामीले भुल्नै नहुने अर्को आन्दोलन जुन हरेक नेपालीलै सम्झनै पर्ने ६२÷६३ साल मंसिर ७ गते तत्कालीन विद्रोही माओवादी र संसदवादी सात दलबिच १२ बुँदे सहमति भएको थियो । सोही आधारमा ६२÷६३ साल चैत २४ गतेबाट सुरु भएको जनआन्दोलन वैशाख ११ गते टुङ्गिएको थियो । २०६४ सालमा संविधान सभाको निर्वाचन भएको थियो । राजनितिक दलहरुले विभिन्न आन्दोलन गर्दा फागुन महिना लागेपछि सुरु गर्ने गरेका छन् ।

जे–होस् हावा, पानी, चिसो, गर्मी मौसम नेपालमा भित्रिन ढिलो होला तर, आन्दोलनको मौसम भने न, एक महिना ढिलो हुन्छ , न, त चाँडो नै, नेपालमा मौसम देखि लिएर कानूनी व्यवस्था प्रक्रियामा ढिलाई होला तर, आन्दोलन भने प्रक्रिया व्यवस्था अनुसार नै चल्ने गर्छन् ।
प्रत्येक वर्ष हुने आन्दोलनले देशको क्षति विवरण प्रत्यक्ष, अप्रत्यक्ष रुपमा कति भयो होला भन्ने त्यसको लेखा–जोखा न, त राजनितिक दलहरुले राख्ने गरेका छन् न, त सर्वसाधारणदेखि सम्बन्धित निकायले राख्ने गरेका छन् । त्यसले गर्दा प्रत्येक वर्ष अर्थतन्त्र,वातावरण र मानवीय क्षति चोटिलो बन्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *