विश्वविद्यालय क्याम्पसले नियमविपरीत छात्रावासमा बसेका विद्यार्थीलाई १५ दिनभित्र छात्रावास छोड्न निर्देशन

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पसले नियमविपरीत छात्रावासमा बसेका विद्यार्थीलाई १५ दिनभित्र छात्रावास छोड्न निर्देशन दिएको छ ।

प्रिन्सिपल कार्यालयअन्तर्गत रहेको छात्रावासका वार्डेनहरूले सूचना निकालेर १५ दिनको समय दिएको हो ।

‘प्रिन्सिपलको कार्यालयअन्तर्गतको पुरुष तथा कन्या छात्रावासहरूमा केही विद्यार्थीहरू नियमविपरीत बसोबास गर्दै आइरहेको भन्ने जानकारी प्राप्त भएकोले त्यसरी अनियमित रुपमा बसेका विद्यार्थीहरूले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र छात्रावास खाली गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *