निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने विषयमा स्वास्थ्यकर्मी समितिको चेतावनी

शिक्षा/स्वास्थ समाचार


काठमाडौं ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले चिकित्सा शिक्षा आयोगले हालै निजी मेडिकल कलेजमा सिट संख्या बढाउने निर्णय गरेकोप्रति कडा आपत्ति जनाएको छ ।

समितिले जारी गरेको विज्ञप्तिमा आयोगले एमबीबीएस र बिडिएस कार्यक्रमका लागि अधिकांश कलेजहरूको क्षमता एक सय सिटभन्दा बढी नभएको प्रष्ट रिपोर्ट हुँदाहुँदै पनि एक सय भन्दा बढी सिट दिने निर्णय गरेको भन्दै त्यसले शिक्षा गुणस्तर घटाउने चेतावनी दिएको हो । साथै ‘यस्तो कदमले भविष्यमा दक्षताविहीन चिकित्सक उत्पादन बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा गम्भीर संकटमा पार्ने खतरा रहेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

समितिले आफ्नै सर्वेक्षण र तथ्यांकलाई बेवास्ता गरेर गरिएका निर्णयले निजी मेडिकल कलेजहरूको आर्थिक स्वार्थलाई मात्र बढावा दिएको आरोप लगाएको छ । यसले विद्यार्थीहरूलाई अनावश्यक आर्थिक भार बढाउने र जनस्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने भन्दै समितिले आपत्ति जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *