वीरगन्जमा हैजाको जोखिम न्यूनीकरण गर्न खानेपानी शुद्धीकरणलाई प्राथमिकता

शिक्षा/स्वास्थ समाचार


काठमाडौं ।
वीरगन्जमा फैलिएको झाडापखाला र हैजाको जोखिमलाई ध्यानमा राख्दै वीरगन्ज महानगरपालिकाले खानेपानी शुद्धीकरणलाई प्राथमिकतामा राखेको छ।

महानगरले विभिन्न स्थानमा राखिएका ट्याङ्कीहरूमा ट्याङ्करमार्फत पुर्‍याइने पानीलाई क्लोरिन झोल र ब्लिचिङ पाउडर प्रयोग गरेर निर्मलीकरण गरेर मात्रै वितरण गर्दै आएको हो। ब्लिचिङ पाउडर पानीलाई सुरक्षित बनाउने प्रभावकारी उपाय मानिन्छ। यसले पानीमा क्लोरिन मुक्त गराएर हैजा र टाइफाइड जस्ता रोगका जीवाणुहरूलाई तुरुन्तै नष्ट गर्ने भएकाले लामो समयसम्म सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ । साथै महानगरले प्रत्येक घरपरिवारलाई सुरक्षित पानी उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *